सुर्खेतबाट पनि पुनः श्रम स्वीकृति वितरण शुरु | Khabarhub Khabarhub

सुर्खेतबाट पनि पुनः श्रम स्वीकृति वितरण शुरु


६ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले आइतबारदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट वैदेशिक रोजगारीमा जाने कामदारको हकमा पुनः श्रम स्वीकृतिलगायत सेवा प्रदान सञ्चालनमा ल्याएको छ।

वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाइ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार कार्यालयबाट पुनःश्रम स्वीकृतिको सेवा प्रदान शुरु गरेको जानकारी दिएका छ ।

प्रदेशबाटै श्रम स्वीकृति जारी गर्ने प्रक्रिया शुरु गरिएसँगै श्रम स्वीकृतिकै लागि राजधानी धाउनुपर्ने अवस्थाको अन्त्य भएको मन्त्रालयका प्रवक्ता डा. नारायारण रेग्मी बताएका छन् । श्रम कार्यालयबाट प्रारम्भिक चरणमा पुनःश्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारी सम्बन्धी ईजाजत पाएका संस्था र तालिम तथा अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमन गरिने उनको भनाइ छ।

चालु आथिक वर्षको बजेट भाषणमै प्रत्येक प्रदेशमा श्रम कार्यालय स्थापना गर्ने घोषणा गरिएको थियो। त्यसलगत्तै सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको सहजताका लागि प्रदेशबाटै पुनः श्रम स्वीकति प्रदान गर्ने निर्णय लिएको हो।

मन्त्रालयले पहिलो चरणमा गत पुस १५ गतेदेखि प्रदेश २ को श्रम तथा रोजगार कार्यालय जनकपुर र प्रदेश ५ को बुटवलबाट श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा उपलब्ध गराएको थियो।

त्यस्तै सरकारले गत पुस २५ गतेदेखि गण्डकी प्रदेशको श्रम, तथा रोजगार कार्यालयबाट पनि श्रम स्वीकृतिलगायत यससँग सम्बन्धित सेवा प्रदान गर्न थालेको थियो।

प्रकाशित मिति : ६ माघ २०७५, आइतबार  २ : ४६ बजे

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा