देश समृद्धि र विकास तर्फ अघि बढिरहेको छ – प्रधानमन्त्री | Khabarhub Khabarhub

देश समृद्धि र विकास तर्फ अघि बढिरहेको छ – प्रधानमन्त्री


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी–  प्रधानमन्त्री केपी शर्मा ओलीले देश समृद्धि र विकास तर्फ अघि बढिरहेको बताए ।

पूर्वी नवलपरासीको सदरमुकाम नमूना सदरमुकामको कावासोती नगरपालिका–३ मा आज शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले देशमा बाटो घाटो, पुल पुलेसा, शिक्षा स्वास्थ्य लगायतका अन्य सबै क्षेत्रको समेत विकास हुँदै गएको बताए ।

जलविद्युत्देखि पानी जहान सञ्चालनसम्मको योजनाअघि बढाउन सरकार लागि परेको जनाउँदै उनले अब मुलुकले समृद्धि र विकासको गति लिएको बताए। हुलाकी राजमार्गदेखि अन्य विकास निर्माणका काम साथै कृषि, पर्यटन लगायतका अन्य विविध क्षेत्रमा समेत सरकारले लक्ष्यअनुसार काम अघि बढिरहेको उनले चर्चा गरे ।

कोरला नाकाको विकासका लागि सरकार लागेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले समग्र देशको चौतर्फी विकासका लागि आफू अगाडि बढेको उल्लेख गरे ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घ र प्रदेशअन्तर्गतका कार्यालय एकीकृत रुपमा स्थापना गर्ने योजनालाई रकम अभावका कारणले कुनै समस्या हुन नदिने प्रतिबद्धता गरे ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले त्रिवेणी पोखरा हुँदै कोरला नाकाको सडक सञ्जाल विस्तारमा सङ्घीय सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताए ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  ९ : १८ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी