तीनवटा कम्पनीले सेयर जारी गर्दै | Khabarhub Khabarhub

तीनवटा कम्पनीले सेयर जारी गर्दै


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌–  पछिल्ला दिनमा साधारण शेयर बिक्री गर्नेक्रम एकपछि अर्को गर्दै बढिरहेको छ । शुक्रबारदेखि रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीले सर्वसाधारणलाई साधारण शेयर बिक्री शुरु गरेको छ ।

जनताको जलविद्युत् कार्यक्रममा समावेश गरेर ती आयोजनाले कूल चुक्ता पूँजीको १५ प्रतिशतको दरले हुन आउने करीब रु एक अर्ब ५४ करोड बराबरको साधारण शेयर बिक्री शुरु गरेका हुन् । यस्तै आइतबारदेखि नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले रु एक करोड ६१ लाख ७७ हजार ८०० बराबरको एक लाख ६१ हजार ७७८ कित्ता साधारण शेयर बिक्री गर्न लागेको छ ।

नेपाल एग्रोले चुक्तापूँजीको ३२.५ प्रतिशतले दरले हुन आउने बराबरको साधारण शेयर बिक्री गर्न लागेको हो । सो संस्थाले नेपाल धितोपत्र बोर्डबाट गत चैत १८ गते साधारण शेयर बिक्रीका लागि स्वीकृति पाएको हो । यस्तै गणपति माइक्रोफाइनान्सले सोमबार रु तीन करोड ३५ लाख बराबरको तीन लाख ३५ हजार कित्ता साधारण शेयर बिक्री गर्न लागेको छ ।

गणपतिले चुक्ता पूँजीको ३२.३७ प्रतिशत बराबरले हुन आउने साधारण शेयर बिक्री गर्न लागेको हो । बोर्डबाट सो संस्थाले गत चैत ८ गते शेयर बिक्रीका लागि अनुमति पाएको हो ।

यसैगरी गुराँस लघुवित्त वित्तीय संस्थाले रु दुई करोड ५० लाख बराबरको दुई लाख ५० हजार कित्ता साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ । सो संस्थाले गत चैत २६ गते शेयर बिक्रीका लागि स्वीकृति पाएको हो ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  ८ : १० बजे

तस्बिरमा ‘मनसरा’को प्रिमियर, दयाहाङ किन अनुपस्थित ?

काठमाडौं– उपेन्द्र सुब्बाको लेखन र निर्देशनमा बनेको फिल्म ‘मनसरा’को बुधबार

काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक सहयोग गरिएको

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ