इजिप्टमा जनमतसङ्ग्रह, राष्ट्रपतिको शासनकाल लम्ब्याउने प्रस्ताव | Khabarhub Khabarhub

इजिप्टमा जनमतसङ्ग्रह, राष्ट्रपतिको शासनकाल लम्ब्याउने प्रस्ताव


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कायरो, – इजिप्टका राष्ट्रपतिको शासनकाल लम्ब्याउने प्रस्ताव सहितको संविधान संशोधन प्रस्तावमाथिको जनमतसङ्ग्रहका लागि शनिबार मतदान शुरु भएको छ । तीन दिने यो मतदान अप्रिल २२ तारिखमा समाप्त हुनेछ ।

इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले राजधानी कायरोमा शनिबार मतदान गर्नुभयो । जनमतसङ्ग्रहले संविधान संशोधन प्रस्ताव पारित गरेमा राष्ट्रपति अल–सिसीको वर्तमान कार्यकालमा दुई वर्ष थप गरी सन् २०२४ सम्म पुग्नेछ भने त्यसपछि छ वर्षे कार्यकालका लागि उनी पुनः उम्मेदवार हुन पाउने छन् ।

अधिकारकर्मीहरुले विरोध गरेपनि जनमतसङ्ग्रहले अरब विश्वको सबैभन्दा ठूलो राष्ट्र इजिप्टको राजनीतिमा सैनिक जनरल अल–सिसीको पकड अझ बलियो बनाउनेछ । जनमतसङ्ग्रहले सिसीलाई न्यायपालिकामा नियन्त्रणको बाटो खोलेको छ भने राजनीतिमा सेनाको प्रभाव बढाउनेछ ।

सन् २०११ मा भएको जनविद्रोहले होस्नी मुबारकको शासनसत्ता ढालेपछि गठन भएको मोहमद मोर्सी नेतृत्वको नागरिक सरकारलाई अपदस्थ गरी सैनिक जनरल सिसी इजिप्टको राष्ट्रपति भएका थिए ।

सिसीले मोर्सीलाई २०१३ मा सत्ताच्यूत गर्नुभएको थियो । त्यसको अर्को वर्ष उनी इजिप्टको राष्ट्रपति भए । उनी सन् २०१८ को मार्चमा पुनः राष्ट्रपतिमा ९७ प्रतिशतभन्दा बढी मत पाएर निर्वाचित भए ।

विपक्षीहरु र मानव अधिकारवादीहरुले इस्लामिक र धर्मनिरपेक्ष समूहमाथि राष्ट्रपति सिसीले दमन गरेको भन्दै आलोचना गरिरहेका छन् ।

इजिप्टको संसदले अघिल्लो साता राष्ट्रपति अल–सिसीको शासनकाल सन् २०३० सम्म लम्ब्याउन सक्ने गरी संविधान संशोधन प्रस्ताव पारित गरेको थियो ।

राज्य सञ्चालित सञ्चार माध्यमका अनुसार, संसदले देशको सेनालाई मुलुकको राजनीतिक मामिलामा प्रवेश गराउने तथा न्यायपालिकामाथि राष्ट्रपतिले बढी नियन्त्रण गर्न पाउने प्रावधान समेत पारित गरेको छ । राष्ट्रपति सिसी देशको सैनिक नेतृत्वबाट राजनीतिमा प्रवेश गरेका थिए।

संसदले पारित गरेको संविधान संशोधनसम्बन्धी प्रस्तावलाई जनमतसंग्रह मार्फत अनुमोदन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । वर्तमान संवैधानिक व्यवस्था अनुसार सन् २०१८ मा निर्वाचित राष्ट्रपति अल–सिसीको कार्यकाल निर्वाचित भएको मितिबाट छ वर्षमा सकिनेछ ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  ५ : ५७ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौं– नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल