भारतको चेन्नई पुगेका किशोरको उद्धार | Khabarhub Khabarhub

भारतको चेन्नई पुगेका किशोरको उद्धार


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोजगारीका लागि भारतको चेन्नई जाँदै गरेका महोत्तरी, धनुषा, सिरहा र सर्लाही जिल्लाका २६ किशोरलाई भारतको विहार राज्यको बरियारपुर सीतामढीबाट उद्धार गरिएको छ ।ललितपुरस्थित केन्द्रीय बाल कल्याण समिति, धनुषा जिल्ला बालकल्याण समिति, प्रदेश नं २ सरकार र छोराछोरी नेपालको समन्वयमा ती किशोरलाई बरियारपुर सीतामढीस्थित बालगृहबाट उद्धार गरिएको हो ।

भारतीय सुरक्षा पदधिकारीले गत चैत १३ गते विभिन्न बसबाट ती किशोरलाई हिरासतमा लिएर संरक्षणका लागि उक्त बालगृहमा राखेका थिए । केन्द्र्रीय बाल कल्याण समितिका कार्यक्रम अधिकृत सञ्जीव महतोका अनुसार उद्धार भएकामा महोत्तरीका १२, धनुषाका ९, सिरहाका तीन र सर्लाहीका दुई बालक छन् ।बाह्र देखि १७ वर्षका ती किशोर चेन्नईमा राम्रो रोजगारी पाइन्छ भनी साथीहरूबाट सुनेकाले त्यसतर्फ जान लागेको बताइएको छ । उद्धार गरिएका सबै बालक अशिक्षित छन् ।

उद्धार गरिएका बालक प्रवीण पासवानका अनुसार भारतीय सुरक्षाकर्मीले नागरिकता नहुनेलाई नियन्त्रणमा लिने र नागरिकता हुनेलाई चेन्नई जान दिने गरेका छन् । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले उद्धार गरिएका बालक अभिभावकलाई बुझाउँदै तिनलाई निगरानीमा राख्न सुझाव दिए । उनले रोजगारी दिने बहानामा बेहोस बनाएर मिर्गौला निकाल्ने गरिएकाले आ–आफ्ना छोराको ख्याल गर्न पनि आग्रह गरे ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  ५ : ५५ बजे

सुदूरपश्चिमका मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही वैशाख २१

युवाहरु विदेश तिर, नेपाली उद्योगमा विदेशी ल्याउनुपर्ने बाध्यता

काठमाडौं–उदयपुर घर भएको एक युवा लघुवित्तको ५० हजार हाराहारीको जागिर

म षड्यन्त्रको शिकार भएँ : सन्दीप लामिछाने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले आफू

रेशमको मुस्किल बढ्यो, एमालेको १ सिटले कांग्रेसलाई सत्ताको ढोका बन्द

काठमाडौं- उपनिर्वाचनको अघिल्लो नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले सामाजिक

सुहाङलाई जिताउन शिवमाया र महेशको त्यो मिहिनेत

काठमाडौं–इलाममा लामो समयदेखि नेकपा एमालेको पकड छ । यहाँका दुवै