समाजवादी फोरमको प्रदेश अधिवेशन विराटनगरमा हुने | Khabarhub Khabarhub

समाजवादी फोरमको प्रदेश अधिवेशन विराटनगरमा हुने


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– सङ्घीय समाजवादी फोरम नेपालको विराटनगरमा हुने प्रदेश नं १ प्रथम एकता अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । सो पार्टीको प्रदेश नं १ तदर्थ समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यही वैशाख १५ र १६ गते हुने अधिवेशनमा प्रदेशका १४ जिल्ला समन्वय समिति र १३७ पालिकाबाट ५१६ जना प्रतिनिधिको सहभागी हुने जानकारी गराइयो ।

अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नुका साथै संविधान संशोधनको माग नै मुख्य मुद्दा हुने तदर्थ समिति अध्यक्ष भूपेन्द्र नेमाङ लिम्बूले बताउनुभयो । समितिका उपाध्यक्ष राजकुमार यादवले पहिचानसहितको सङ्घीयता, समानुपातिक समावेशीकरणजस्ता सैद्धान्तिक विषयलाई अधिवेशनमार्फत व्यवस्थित र व्यापक बनाउन जनसङ्गठनलाई परिचालन गरिने बताए ।

अधिवेशन सम्पन्न गर्न रु १२ लाख खर्च हुने जनाइएको छ । सङ्घीय समाजवादी फोरमका अध्यक्ष एवं स्वास्थ्य तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  २ : २६ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल

इलाम अपडेट : एमाले– १०४१९, कांग्रेस– ७०६२, मतान्तर– ३३५७

इलाम– इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना जारी

इलाममा मतगणना स्थल थपियो, तीन ठाउँबाट गनिने

इलाम– मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन

इलाम अपडेट : एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।