सैनिक हेलिकोप्टर दुर्घटनामा एउटा खुट्टा गुमाएकी क्रिस्टीको सगरमाथा मोह | Khabarhub Khabarhub

सैनिक हेलिकोप्टर दुर्घटनामा एउटा खुट्टा गुमाएकी क्रिस्टीको सगरमाथा मोह



सन् २०१२ मा अफगानिस्तानमा भएको सैनिक हेलिकोप्टर दुर्घटनामा अमेरिकी सेनाको मरिन कप्सकी सारजेन्ट क्रिस्टी एनिस जसोतसो बच्न सफल भइन् । उनी गम्भीर घाइते पनि भइन्, यसक्रममा उनको एउटा खुट्टा गुम्यो तर उनले पछाडि फर्केर हेरेकी छैनन् ।

अब उनी विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको उद्देश्यका साथ अघि सरेकी छिन् । उनको बायाँ घुँडाभन्दा मुनी खुट्टा छैन । उनको सगरमाथा आरोहण सफल भएमा उनी ८,८४८ मिटर उचाईको सगरमाथा आरोहण गर्ने पहिलो अपांग महिला बन्नेछिन् ।

केही समय सगरमाथाको वातावरणसँग घुलमिल गर्नका लागि गरिने आरामपछि उनी विस्तारै आफ्नो टिमसहित सगरमाथाको शिखरतर्फ अघि बढ्नेछिन् । अडिग संकल्प र उत्साहले आफूलाई विश्वको सर्वोच्च शिखरसम्म पुर्याउने उनको विश्वास छ ।

उनी ‘मेकिङ्ग अ मिलियन डलर्स टु गिभ अ मिलियन डलर अवे’ भन्ने नारा लिएको क्रिष्टी फाउण्डेसनका लागि पनि पैसा भेला पार्ने र यसबारे जागरकता जगाउन. अभियानमा छिन् । शिक्षा, अवसर र घरबाहिरको उपचारलाई यो फाउण्डेसनको लक्ष्य छ ।

पछिल्ला केही दिनयता क्रिष्टीले सामाजिक सञ्जालमा सगरमाथा आधार शिविरबाट सुन्दर तस्वीरहरु अपलोड गरिरहेकी छिन् । सगरमाथाको शिखरतर्फ पाइला अघि बढाउनुअघि इन्स्टाग्राममा उनले भनेकी छिन्, मैले मेरा औजारलाई अहिले बेलुकी पूजा गर्नका लागि तयार पनि गरिसकेकी छु । म नेपालमा आउनुअघि आजसम्म मैले जीवनमा आफूलाई यति धेरै धन्य कहिल्यै पनि महशुस गरेकी थिइन । इश्वरको मर्जी भएमा शिखरका लागि मैले आरोहण गर्दाको पहिरन, बुट, प्राविधिक औजार र अरु सामान तयार पारेकी छु । यसअघि टेलिभिजनमा मात्र देखेको समारोहका लागि म निकै उत्साहित छु ।


उनको कथा अमेरिकी सेनाको मरिनबाट नै शुरु भएको हो । सानैबाट उनलाई अमेरिकी सेनामा जागिर खाने रहर थियो । उनका आमाबाबु दुबै अमेरिकी सेनामा थिए । अहिले उनी विश्व कीर्तिमान राख्ने तथा अन्य मानिहरुलाई आफ्नो क्षमता प्रदर्शन गर्न उत्प्रेरित गर्ने अभियानमा छिन् ।

उनले यसअघि तान्जानियामा रहेको १६१०० फिट उचाईको किलिमन्जारो पहाड र इण्डोनेशियामा रहेको १६००० फिट उचाईको पुनक जाया पहाडको सफल आरोहण गरिसकेकी छिन् । दुबै सफलताका क्रममा उनले एक खुट्टा नहुने पहिलो महिला आरोहीको कीर्तिमान पनि उनको नाममा लेखिइसकेको छ ।

उनको इन्स्टाग्राम पोष्टमा लेखिएको छ, कहिले यो पर्याप्त हुन्छ ? यो लत हो, सायद नशाजस्तै । यो अझ धेरै, धेरै कष्टहरु, धेरै उचाईहरु, धेरै प्रयत्नहरु, धेरै मनोरम दृश्यहरु र निकै नै थोरै सीमाहरुको अतृप्त अभिलासा हो । मलाई हजारौँ पटक किन भनेर प्रश्न सोधिएको छ । जब तपाई यी हिमालका श्रृंखलाहरुको विशालतामा आफैँलाई गुमाएर फेरि एकपटक आफैलाई पाउनुहुन्छ, तबमात्र अहिलेसम्म जे गर्दै हुनुहुन्थ्यो, सबै गलत रहेछन् भन्ने तपाईलाई लाग्नेछ । यहाँ एक किसिमको कन्चन र जीवन्त छ । जीवनका सबै कुरा तपाईँको हातमा हुँदैन । तपाईँको वशमा केही हुँदैन, खासगरी त्यो पनि हिमाली भेगमा । यहाँ तपाईँको समस्याले केही फरक पार्दैन – तपाईँले केही फरक पार्नुहुन्न । यो सबैभन्दा स्वतन्त्र र विनम्र अनुभूति हो । आफ्नो दिमागबाट नभई मनबाट बाँच्ने अनुभूति हो ।

साँच्चै भन्दा यसअघि सन् २०१५ मा उनले बेलायतमा १,६०० किलोमिटर लामो हिडाइका क्रममा राजकुमार ह्यारीसँग पनि भेट्न पाएकी थिइन्, त्यसबेला उनलाई राजकुमार ह्यारीले अंगालो समेत हालेका थिए । त्यही वर्षदेखि उनले हिमाल चढ्न शुरु गरेकी हुन् ।

यस पटक उनलाई आफ्ना पार्टनर तथा भिडियोग्राफर क्रिष्टोफर पोलोकसहितको टिमले साथ दिएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  ३ : ५१ बजे

एकदिने भ्रमणमा नेपाल आइपुगिन् जापानी विदेशमन्त्री योको

काठमाडौं– जापानकी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

थरीथरीका गुराँसले ढपक्कै तीनजुरे (फोटो फिचर)

तीनजुरे– पूर्वी नेपालको तेह्रथुमस्थित लालीगुराँस नगरपालिका गुराँस पर्यापर्यटनको प्रवेशद्वार हो

ललितपुरमा आगलागी, एकै परिवारका पाँचजना जलेर घाइते

काठमाडौं- ललितपुरमा आइतबार आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका

नागरिकको स्वास्थ्यप्रति सरकार संवेदनशील : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील

सार्वजनिक शौचालय प्रयोग गर्दा नगर्नुहोस् यस्ता गल्ती

काठमाडौं– विशेष गरी सहरी भेगमा सार्वजनिक शौचालयको प्रयोग बढी हुने