सशस्त्रका दिपेश राष्ट्रिय च्याम्पियन | Khabarhub Khabarhub

सशस्त्रका दिपेश राष्ट्रिय च्याम्पियन


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- सेनाका रत्नजित तामाङको एक छत्र राजलाई तोड्दै एपिएफका दिपेश धामी नयाँ राष्ट्रिय च्याम्पियन भएका छन् ।

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत भएको ४० औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा रत्नको एक छत्र राजलाई तोड्दै एपिएफका दिपेश धामीले नयाँ ईतिहास रचेका हुन् ।

दाङको घोराहीस्थित कभर्डहलमा भएको उपाधी भिडन्तमा दिपेशले रत्नलाई २१/१६, २१/१४ को सोझो सेटमा पराजित गरे ।

विगत ४ राष्ट्रिय प्रतियोगितामा जित निकाल्दै आफ्नो बर्चस्व बनाएका रत्नजित एपिएफका दीपेश धामीसँग पराजित भए । २०६९ सालमा काठमाडौंमा भएको ३६ औं राष्ट्रिय प्रतियोगितामा तत्कालिन नंम्बर एक खेलाडी बिकास श्रेष्ठलाई पराजित गर्दै नंम्बर एक भएका रत्नले त्यस पश्चात फर्केर हेर्नु परेका थिएन ।

तर बेला बेला उनलाई दिपेश धामी र प्रिन्स दाहालले चुनौती दिंदै आएका थिए । यसै प्रतियोगिता अन्तरगत पनि पुरुष टिम ईभेन्ट्सको पुरुष एकलको सेमिफाईनलमा प्रिन्सले तथा फाईनलमा दिपेश धामीले उनलाई पराजित गर्दै नयाँ राष्ट्रिय च्याम्पियन जन्मने सुचित गरिसेका थिए ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  १० : ३६ बजे

आनन्द हस्पिटल क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा (तस्बिरहरु)

काठमाडौं– ललितपुरको लेलेस्थित आनन्द हस्पिटल क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आएको

एभरेष्ट बैंकको कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन 

काठमाडौं– एभरेष्ट बैंक लिमिटेडले मंगलबार मायादेवी गाउँपालिका-१ पकडी कपिलवस्तुमा तौलिहवा

गर्मी बढेसँगै रगतको अभाव

चितवन– गर्मी बढेसँगै चितवनमा रगतको अभाव देखिएको छ । गर्मीले

कर्णालीमा सरकार विस्तार, को-को बने मन्त्री ?

सुर्खेत– कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सरकार विस्तार गरेका छन् ।