छोराछोरी भर्ना गराउन भौंतारिँदै पूर्वलडाकु | Khabarhub Khabarhub

छोराछोरी भर्ना गराउन भौंतारिँदै पूर्वलडाकु


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–छोराछोरी पढाउन शहर पसेका जाजरकोट कुसे गाउँपालिका ३ का कर्णलाल जैसी यतिबेला काठमाडौं छाडेर गाउँ फर्कने सोचमा छन् । ३ छोराछोरी पढाउने योजना त्यागेर उनी वर्ष दिन नपुग्दै गाउँ फर्कने निष्कर्षमा पुगेको कान्तिपुर दैनिकमा खबर छ । सरकारले वैशाख २ देखि १६ गतेसम्मलाई विद्यार्थी भर्ना अभियान घोषणा गरेको छ ।

प्रधानमन्त्रीदेखि मन्त्री, सांसद, जनप्रतिनिधि, शिक्षासेवीले अभिभावकत्व ग्रहण गरेर असहाय बालबालिकालाई गत वर्षदेखि नै विद्यालयमा भर्ना गराएका छन् । तर पाटन उपनामले परिचित पूर्वलडाकु जैसीको न छोराछोरी विद्यालय भर्ना गराउने सामर्थ्य छ, न त अभिभावकत्व दिइदिने कुनै भरपर्दो सहयोगी भेटेका छन् । त्यसैले उनी शैक्षिक सत्रको सुरुदेखि सिंहदरबारका विभिन्न मन्त्रालय धाइरहेका छन् ।

यस्तै नेकपाका महासचिव विष्णु पौडेलले बालुवाटारको जग्गबारे छानबिन गर्न माग गरेका छन् । उनले सम्बन्धित कार्यालयले प्रचलित कानुन अनुसार किन्न मिल्लने यकिन गरेकैले आफूले बालुवाटारमा छोराका नाममा आठ आना जग्गा खरिद गरेको उल्लेख गर्दै यसमा छानबिन गर्न माग गरेका हुन् ।

त्यस्तै पत्रिकाले चाउचाउ र खुर्सानीको भर शीर्षकको समाचारमा आठौ राष्ट्रिय खेलकुदमा खेलाडीलाई समस्या भएको खबर पनि प्राथमिकताका साथ छापेको छ ।

संघीय संसद्‌मा गैरकानुनी रूपमा ३ करोड ६९ लाख प्रोत्साहन भत्ता शीर्षकको समाचारमा संघीय संसदका महासचिवदेखि सचिवालयका कर्मचारीले प्रोत्साहन भत्ताबापत गैरकानुनी रूपमा ३ करोड ६९ लाख १७ हजार रुपैयाँ लिएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले २०७४/७५ को प्रतिवेदनमा संसदका महासचिव र कर्मचारीले २०७४ माघदेखि असार मसान्तसम्म गैरकानुनी रूपमा उक्त प्रोत्साहन भत्ता बुझेको उल्लेख गरेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  ६ : ३५ बजे

चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमक्ष राष्ट्रिय स्वतन्त्र पार्टीको

नक्कली नोटसहित एक महिला पक्राउ

जाजरकोट– नक्कली नोटसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

‘पुजार सार्की’को ट्रेलर रिलिजमा पल शाह किन अनुपस्थित ?

काठमाडौं– दिनेश राउतको निर्देशन रहेको मल्टिस्टार फिल्म ‘पुजार सार्की’को ट्रेलर

महानगरले सजावटका लागि राखिएका बत्तीको अध्ययन गर्ने

काठमाडौं– रातको समयमा सहरको सजावटका लागि काठमाडौँ महानगरपालिकाभित्र विभिन्न स्थानमा

चिकित्सक भन्छन्, ‘औषधि खान जाने अमृत नभए विष समान’  

काठमाडौं– काठमाडौँकी एक महिलालाई करिब १० वर्षदेखि जोर्नी दुख्ने समस्याले