गुगललाई १ अर्ब ७० करोड डलर जरिवाना तिराइयो | Khabarhub Khabarhub

गुगललाई १ अर्ब ७० करोड डलर जरिवाना तिराइयो


६ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्रसेल्स–युरोपेली युनियनले अमेरिकी प्राविधिक कम्पनी गुगललाई १ अर्ब ७० करोड डलरभन्दा धेरै जरिवाना तिराएको छ ।

गुगलले आफ्नो विज्ञापनमा अरु प्रतिस्पर्धी सर्च इन्जिनको विज्ञापन ब्लक गरेको भन्दै युरोपेली युनियनले अल्फबेट इन्क कम्पनीको गुगललाई १ अर्ब ७० करोड भन्दा धेरै जरिवाना तिराएको हो ।

गुगलले एक दशकदेखि प्रतिस्पर्धाविरोधी व्यापारिक अभ्यास गरिरहेकोले त्यसविरुद्ध करिब डेढ अर्ब युरो अर्थात् १ अर्ब ७० करोड अमेरिकी डलर बराबरको जरिवाना तिराइएको युरोपेली प्रतिस्पर्धा आयोगले जनाएको छ ।

आफ्नो एडसेन्स नामक विज्ञापनमा आफ्ना प्रतिस्पर्धीको विज्ञापन ब्लक गरेको अरोप गुगलमाथि लागेको थियो । गुगलको यो अभ्यास युरोपेली युनियनको व्यापारिक प्रतिस्पर्धा नियमको विरुद्धमा रहेको भन्दै जरिवाना तिराएको युरोपेली प्रतिस्पर्धा आयोगकी आयुक्त मर्गरेथ भेष्टागरले जनाएकी छिन् ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  ७ : ३५ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी