एउटा लोकगीत, जसले बजार पिट्यो... | Khabarhub Khabarhub

एउटा लोकगीत, जसले बजार पिट्यो…


६ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – खुशीको कुरा हो, केही समय लोकगीत भन्दा नाक खुम्च्याउने दर्शकले पनि अहिले खुलेर लोकगीतमा नाच्न थालेका छन् । गुनगुनाउन थालेका छन् । पछिल्लो समय लोकगीतमा आएको अश्लीलता पनि बिस्तारै कम हुँदै गएको छ ।

यसैबीच पछिल्लो समय एउटा गीतले भने लोकगीतको बजार पिटेको छ ।

शिव हमालको युट्युब च्यानलमा अपलोड गरिएको ‘लालुमै’ बोलको लोकगीतलाई दर्शकले निकै रुचाएका छन् । विष्णु माझी र सन्दीप न्यौपानेको स्वर रहेको यो गीतलाई शिव हमालले संगीत तथा लय सिर्जना गरेका हुन् । यो गीतसँगै शिव हमालको पनि तारिफ गरिएको छ ।

यता गीतको भिडियोको पनि उत्तिकै तारिफ भइरहेको छ । प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा राजेश घिमिरेको ड्रोन र छायांकन कला देख्न सकिन्छ भने सृष्टि खड्का र सन्दीप न्यौपानेले कम्मर मर्काएका छन् ।

कतिपयले यो गीतलाई यसअघि रिलिज गरिएको सुपरहिट गीत ‘सालको पात टपरी’ सँग तुलना गरेका छन् । संयोग के छ भने, उक्त गीतमा पनि गायिका विष्णु माझीको नै स्वर थियो । गायिका माझीले स्वर दिएका सयौँ गीत सुपरहिट छन् ।

अनिल पौडेलले कमेन्ट छोडेका छन्, ‘गहिराइमा सुनिरहेको छु, आसामबाट माया, लोकगीत यतिसम्म राम्रो हुन्छ भन्ने मैले महसुस गरेको थिइनँ ।’

यस्तै एक प्रयोगकर्ताले सयपटकभन्दा बढीपटक हेरेको लेखेका छन् । त्यस्तै घतानी राजेशले लेखेका छन्, ‘अहिलेसम्म नाच्न नजान्ने केटा म अस्तिको शनिबार मज्जाले नाचियो, यो गीतमा जानी नजानी । साह्रै राम्रो लागेको गीत ।’

यो समाचार तयार पार्दासम्म यो गीतमा ५ हजार ३ सय ४० प्रतिक्रिया आएका छन् । तीमध्ये धेरै कमेन्टमा तारिफ गरिएका छन् । गीतलाई झण्डै साढे ६५ लाखले युट्युबमा हेरेका छन् भने ६० हजारले लाइक गरेका छन् ।

यस्तै ४ हजारले मन नपराएको भन्दै डिसलाइक बटन पनि थिचेका छन् । यो गीत सार्वजनिक रुपमा पनि निकै बजाइएको पाइन्छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  २ : १४ बजे

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन