आईसीसी टि–२० : विश्वकप एसिया छनोटमा नेपालले पहिलो खेल कतारसँग खेल्ने | Khabarhub Khabarhub

आईसीसी टि–२० : विश्वकप एसिया छनोटमा नेपालले पहिलो खेल कतारसँग खेल्ने


६ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्रास्ट्रिय क्रिकेट परिषद् (आईसीसी) टि—२० विश्वकप एसिया छनोटको अन्तिम चरणको खेल तालिका सार्वजनिक गरेको छ ।

मंगलबार सार्वजनिक खेल तालिका अनुसार एसिया छनोटमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले निकालेको छनोट तालिका अनुसार आगामी जुलाई २२ देखि २८ सम्म आयोजना हुनेछ । सिङ्गापुरमा आयोजना हुने प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल कतारसंग खेल्नेछ ।

नेपालले कतारसँग २३ जुलाईमा खेल्नेछ त्यस्तै, दोस्रो खेल मलेसियासंग जुलाई २४, तेस्रो कतारसँग जुलाई २७ तारिख र अन्तिम खेलमा जुलाई २८ मा आयोजक सिंगापुरसंग खेल्नेछ ।

आईसीसी टी—ट्वान्टी विश्वकप छनोट एसिया पूवर्व क्षेत्रीय प्रतियोगिताको विजेता बन्दै नेपाल एसिया छनोटमा पुगेको थियो ।

यसअघि प्रतियोगिता मलेसियामा हुने बताइए पनि आईसीसीले आयोजनाको जिम्मा सिङ्गापुरलाई दिएको हो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  १० : ४० बजे

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

धनगढी– कैलालीको  गौरीगंगामा एक महिलाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको

दूध बिक्रीबाट मनग्य आम्दानी

तम्घास– गुल्मीको रेसुङ्गा नगरपालिका–७ का शम्भु पाण्डे रोजगारीका लागि १२

बाजुरामा एक महिलाको शव फेला

बाजुरा– बाजुरामा शनिबार एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

व्यासका आठ सय जनालाई अपांगता परिचयपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाले हालसम्म आठ सय ८२ जनालाई अपांगता

कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’

काठमाडौं- नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको टी-२०