नयाँ सभामुख चयनको प्रक्रिया पुस ११ बाट शुरु हुने | Khabarhub Khabarhub

नयाँ सभामुख चयनको प्रक्रिया पुस ११ बाट शुरु हुने


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको नयाँ सभामुख चयनको प्रक्रिया पुस ११ गते (शुक्रबार)देखि शुरु हुने भएको छ ।

संघीय संसद भवन नयाँबानेश्वरमा शुक्रबार बसेको बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले पुस ११ गते (शुक्रबार) दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट सभामुख चयनको प्रक्रिया शुरु गर्ने निर्णय गरेको हो ।

यद्यपि, संघीय संसदको हिउँदे अधिवेशन भने आज (शुक्रबार) बाटै प्रारम्भ हुँदै छ । हिउँदो अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठक शुक्रबार दिउँसो ४ बजेका लागि बोलाइएको छ ।

शुक्रबारको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको हिउँदे अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाउने तथा पूर्व सांसदहरुको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  २ : ३१ बजे

आज २०८१ साल वैशाख १६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा