मेलबर्न स्टार्सले सिजनको पहिलो खेल खेल्दै, सन्दीपले खेल्न पाउलान् ? | Khabarhub Khabarhub

मेलबर्न स्टार्सले सिजनको पहिलो खेल खेल्दै, सन्दीपले खेल्न पाउलान् ?


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बिग बास लिग (बीबीएल) मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली मेलबर्न स्टार्स ले यो सिजनको पहिलो खेल आज खेल्दैछ ।

मेट्रिकन क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार दिउँसो १ बजेर ५५ मिनेटमा सुरु हुनेछ । सन्दीपको टोलीले स्टार्सले आज ब्रिस्बाने हिटसँग खेल्दै नयाँ सिजनको सुरुवात गर्दैछ ।

अघिल्लो बर्ष स्टार्स बीबीएलको फाइनलसम्म पुगेको थियो । फाइनलमा मेलबर्न रेनेगार्डसँग १३ रनले पराजित भएको स्टार्स यो सिजनमा उपाधि उचाल्ने लक्ष्यमा रहेको कप्तान ग्यलेन म्याक्सवेलले यसअघि नै बताइसकेका छन् ।

दोस्रो सिजनमा बिबीएल खेल्न लागेका नेपाली स्पिनर सन्दीप लामिछानेले अघिल्लो बर्ष स्टार्सबाट ७ खेल खेल्न पाएका थिए । पहिलो पटक बिबीएल खेलेका उनले ७ खेलमा ११ विकेट हात पारेका थिए ।

बिबीएलमा उनले सबैभन्दा राम्रो ३–११ रहेको छ । अघिल्लो बर्ष सन्दीपले पाएको अवसरको सदुपयोग गरेका थिए ।

स्टार्सले पहिलो खेल खेलिरहँदा नेपाली क्रिकेट प्रेमी सन्दीप टिममा पर्लान वा नपर्लान भन्न आशंकामा छन् ।

सन्दीप पछिल्लो लामो समयदेखि बीबीएलको तयारीमा छन् । केही समय अगाडि दुवईमा सम्पन्न टि–१० लिगमा उनले ५ खेलमा ६ विकेट लिएका थिए ।

स्टार्सले बिहीबार टुइटरमा सन्दीपको अघिल्लो सिजनको प्रदर्शनको भिडियो सार्वजनिक गरेको थियो । जसमा उसले लेखेको छ,‘यो सबै भोलीदेखि सुरु हुँदैछ ।’

यसले पनि बिग बासको पहिलो खेलमा सन्दीपले खेल्ने सम्भावना देखिन्छ ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  १२ : ३० बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने