नागरिकतासम्बन्धी नयाँ कानूनको विरोधमा भारतमा आन्दोलन, थप तीन जनाको मृत्यु | Khabarhub Khabarhub

नागरिकतासम्बन्धी नयाँ कानूनको विरोधमा भारतमा आन्दोलन, थप तीन जनाको मृत्यु


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतमा नागरिकतासम्बन्धी नयाँ कानूनलाई लिएर देशभर भएको प्रदर्शनका क्रममा बिहीबार थप तीनजनाको मृत्यु भएको छ ।

योसँगै नागरिकता कानून संशोधनको विरोधमा जारी प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ९ पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रदर्शनका कारण राजधानी नयाँदिल्लीमा मात्र २० ओटाभन्दा बढी मेट्रो स्टेसन बन्द गरिएको थियो । पहिलोपटक मोबाइल सेवा अवरुद्ध पारिएको छ । सयौं व्यक्तिलाई पक्राउ गरिएको छ ।

प्रदर्शनकारीले विभिन्न ठाउँमा ढुंगामुढा, आगजनी र तोडफोड गरेका छन् ।

केही स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।  प्रहरीले गोलीसमेत चलाएको छ ।

सरकारले हालै ल्याएको नयाँ कानुनी व्यवस्थाले विवादास्पद आप्रवासीलाई भारतको नागरिकता दिने व्यवस्था गरेसँगै देशव्यापीरुपमा आन्दोलन चर्किएको हो ।

नयाँ व्यवस्थाले पाकिस्तान, बंगलादेश र अफगानिस्तानबाट आएको प्रमाण पेस गर्ने हिन्दु, शिख, बौद्ध, जैन, पारसी र इसाइ धर्मावलम्बीले भारतको नागरिकता पाउने भएका छन् ।

भारतको नागरिकता लिन उनीहरु ११ वर्ष बसेको वा काम गरेको हुनुपर्ने कानूनी व्यवस्था छ ।

अंगीकृत नागरिकताका लागि भने ६ वर्षमात्र बसेको वा काम गरेको हुनुपर्ने नयाँ कानूनी व्यवस्था गरिएको छ ।

मुस्लिमहरुलाई भने कानूनले विभेद गरेको प्रदर्शनकारीहरुको आरोप छ ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  १२ : ०२ बजे

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

काठमाडौं– छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ

संकटमा माटोका भाँडा व्यवसायी

कैलाली– पछिल्लो समय प्लास्टिकका भाँडा बढी मात्रामा प्रयोग गर्न थालेपछि

केरा पकाउने राइपनिङ चेम्बर अनुदानमा पाएपछि व्यवसायी उत्साहित

चितवन– जिल्लामा केरा उत्पादन गरेर बिक्री वितरणका लागि केरा पकाउने

समग्र सहकारी ठगी प्रकरणमा छानबिन गर्न एमाले तयार : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेले समग्र सहकारी ठगी प्रकरणमा छानबिन गर्न आफूहरू

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रूपमा सेवा सुरु

काठमाडौं– ‘इन्ड्राइभ’ विशेष गरी सबैलाई थाहा होला । इन्ड्राइभ धेरैलाई