हिउँदे अधिवेशन आजदेखि : उपसभामुखले बोलाइन् कार्यव्यवस्था परामर्श समिति बैठक | Khabarhub Khabarhub

हिउँदे अधिवेशन आजदेखि : उपसभामुखले बोलाइन् कार्यव्यवस्था परामर्श समिति बैठक


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदको दुबै सदनको हिउँदे अधिवेशन आजदेखि शुरू हुँदैछ । दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाङफेले गर्ने भएकी छिन् ।

प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्न उपसभामुख तुम्बाहाङफेले १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएकी छिन् । उता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदको हिउँदे अधिवेशनको सुरुवात आफ्नै अध्यक्षतामा गर्ने उपसभामुख तुम्बाहम्फेको चाहनामा बाधक नबन्ने भएको छ ।

उपसभामुख तुम्बाहाङफेले बोलाएको कार्यव्यवस्था परामर्श समिति बैठकमा जाने निर्णय उसले गरेको छ । संविधानमा सभामुखको अनुपस्थितिमा उपसभामुखले बैठक सञ्चालन गर्ने भन्ने व्यवस्था रहेकाले कांग्रेसले यसमा सकारात्म रहेको सचेतक पुष्पा भुसालको भनाइ छ ।

दिउँसो बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठकले बैठकको कार्यसूची तय गर्छ । अहिलेको सम्भावित कार्यसूची राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाउने, शोक प्रस्ताव र अर्को बैठकको मिति रहेको बताइएको छ ।

तत्कालीन सभामुख कृष्णबहादुर महरालाई जबरजस्ती करणीको अभियोग लागेपछि असोज १३ गतेदेखि सभामुख पद रिक्त छ । सभामुखको अनुपस्थितिमा उपसभामुख तुम्बाहाङफेले बैठकको अध्यक्षता गर्न लागेकी हुन् ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ११ : ०८ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र