राष्ट्र वृद्धाश्रम जस्तो भयो : अध्यक्ष केसी | Khabarhub Khabarhub

राष्ट्र वृद्धाश्रम जस्तो भयो : अध्यक्ष केसी


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले युवा विदेश जाने क्रम बढेसँगै देश विस्तारै वृद्धाश्रम बन्दै गएको बताएका छन् ।

आज (बुधबार)देखि बागलुङको गलकोटमा शुरु भएको दोस्रो गलकोट घुम्टे महोत्सवको उद्घाटनका अवसरमा नेता केसीले विप्रेषणले मात्र राष्ट्र र राष्ट्रियता जोगाउन नसकिने भन्दै विदेशिएका युवालाई देश फर्किने वातावरण तयार गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘नेपालबाट मान्छे हैन उत्पादनलाई निर्यात गरौँ । विदेशिएका युवा अब स्वदेश फर्कनुस्, यहाँ उत्पादन भएका वस्तुलाई विदेशमा पठाउने काम गर्नुस्।’

पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता केसीले विगतमा देशमा राजनीतिक स्थिरता नहुँदा विकास हुन नसकेको भएपनि अबको केही वर्षमा मुलुकको विकासले फड्को मार्ने विश्वास व्यक्त गरे ।

भारतले सीमा मिचेको खबर बाहिर आएपछि राष्ट्रियताका पक्षमा पहिलोपटक देश विदेशमा रहेका सबै नेपाली एकजुट भएको बताउँदै उनले भने, ‘राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षाका लागि पहिलोपटक राजनीतिक दलसँगै आम नागरिक एकैठाउँ उभिएका छन् ।’ गलकोट क्षेत्रको विकासका निम्ति देश विदेशमा रहेका सबै नागरिकले उत्पादनशील क्षेत्रमा लगानी गर्न नेता केसीको आग्रह छ ।

महोत्सव आगामी मङ्सिर ११ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा लोक दोहोरी गीत प्रतियोगिता, महिला भलिबल प्रतियोगिता, स्थानीय उत्पादनको प्रदर्शन एवं प्रवद्र्धन गर्नुका साथै विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ९ : ४७ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौं– नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल