प्रधानमन्त्रीको निर्देशनलगत्तै नगरकोट सडक अनुगमन | Khabarhub Khabarhub

प्रधानमन्त्रीको निर्देशनलगत्तै नगरकोट सडक अनुगमन


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनलगत्तै भत्केको पाटी नगरकोट सिपाघाट सडकको अनुगमन गरिएको छ ।

प्रधानमन्त्री कार्यालयका सहसचिव यामलाल भुसालको संयोजकत्वमा उपसचिव आनन्द काफ्लेसहित सडक आयोजना प्रमुख जगत प्रजापति, चाँगुनारायण नगरपालिकाका प्रशासकीय अधिकृत चिरञ्जीवी तिम्सिनाले उक्त सडकको आज अनुगमन एवं निरीक्षण गरेको हो ।

टोलीले भक्तपुरको भत्केको पाटीदेखि नगरकोटसम्मको सडक निर्माणको काम कहाँ पुग्यो, के के काम भएका छन्, के के बाँकी छ भन्नेबारेमा यथार्थ रुपमा अवलोकन गरेको नगरपालिकाका प्रशासकीय अधिकृत तिम्सिनाले जानकारी दिए ।

सडक निर्माणका क्रममा आइपरेका समस्या, ठेकेदारको कमजोरी, नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकमको खम्बा हटाउने कार्यको अवस्था, रूख कटानको अवस्थादेखि यहाँका सम्पूर्ण अवस्थाबारे टोलीले जानकारी लिएको उनले बताए ।

टोलीले सडकको निरीक्षणसँगै स्थानीय बासिन्दा, सङ्घर्ष समितिका व्यक्तिहरु र सरोकारवालाहरुबीच छलफल गरेको, समस्याको पहिचान गरेको, समस्या समाधानका लागि आएको सुझावहरुसमेत सङ्कलन गरेको उनले जानकारी दिए ।

भक्तपुरको भत्केको पाटी नगरकोट सडकको अनुगमन निरीक्षणमा देखिएका विषयलाई रिपोर्ट बनाएर प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरिने अनुगमनका संयोजक एवं प्रधानमन्त्री कार्यालयका सहसचिव यामलाल भुसालले जानकारी दिए ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ८ : १० बजे

मकैमा कीराको सङ्क्रमणले किसान चिन्तित

राँझा– बाँकेमा लगाइएको मकैबालीमा रोग तथा कीराको प्रकोप बढ्दै गएपछि

यस्तो छ ‘मनसरा’ को गीत ‘एक तार मनको’

काठमाडौं- प्रदर्शनरत फिल्म ‘मनसरा’को गीत ‘एक तार मनको’ सार्वजनिक भएको

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युत आयोजनाको निर्माण प्रभावित

काठमाडौं– प्राथमिक (आईपीओ)रहकप्रद शेयर निष्कासनका लागि आवेदन दिएका २७ सहित

पानी नपर्दा अदुवा उत्पादक कृषक मारमा

तनहुँ– समयमा नै पानी नपरेपछि समय घर्किने भयले अदुवा उत्पादक

सरकारसँगको प्रतिबद्धतापछि रुसी सेनामा कार्यरत नेपाली परिवारको अनसन स्थगित 

काठमाडौं– रुसी सेनामा रहेका आफन्त फिर्ता ल्याइदेऊ भन्दै आमरण अनसन