रसायनिक मल बिक्रीमा अनियमितता– साल्ट ट्रेडिङ कर्पोरेशनका कर्मचारीवरुद्ध मुद्दा दर्ता | Khabarhub Khabarhub

रसायनिक मल बिक्रीमा अनियमितता– साल्ट ट्रेडिङ कर्पोरेशनका कर्मचारीवरुद्ध मुद्दा दर्ता


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसायनिक मल अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साल्ट ट्रेडिङ कर्पोसेशनका ३ जना कर्मचारीवरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

अख्तियारले साल्ट ट्रेडिङ कर्पोरेशनको अञ्चल कार्यालय विराटनगरका तत्कालीन प्रमुख नविनचन्द्र झासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले गरेको अनुसन्धानबाट झा साल्ट ट्रेडिङ कर्पोरेशनको विराटनगरस्थित कार्यालयको प्रमुख रहँदा १९ लाख ७ हजार ३ सय ५० रुपैयाँ बराबरको रसायनिक मल अनियमित तरिकाले बिक्री वितरण भएको पाइएको थियो ।

अख्तियारले अनियमित तरिकाले मल बिक्री बितरण गरेको अभियोगमा तत्कालीन प्रमुख सहायक दिलचन्द्र राई र तत्कालीन सहायक खगेन्द्र बस्नेतविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

अख्तियारले तीनैजनाविरुद्ध जनही १९ लाख ७ हजार ३ सय ५० रुपैयाँ बिगो कायम गर्दै बिगोअनुसारको जरिवाना र अधिकत्तम ४ वर्षसम्म कैद सजाय मागदाबी गरेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ४ : २९ बजे

सुहाङ ५ हजार ६६२ मतले अगाडी 

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गत इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

भारतीय लगानीकर्तालाई सहजीकरण गर्न हातेपुस्तिका सार्वजनिक 

काठमाडौं– लगानी सम्मेलनको क्रममा भारतीय लगानीकर्तालाई लक्षित गरेर विशेष हातेपुस्तिका

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका