प्रभावकारी रुपमा काम नगर्नेमाथि कारबाही हुन्छ– मन्त्री भट्टराई | Khabarhub Khabarhub

प्रभावकारी रुपमा काम नगर्नेमाथि कारबाही हुन्छ– मन्त्री भट्टराई


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले प्रभावकारी रुपमा काम गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

बुधवार(आज) नेपाल पर्यटन बोर्डमा बसेको मन्त्रालयको नियमित आन्तरिक बैठकमा मन्त्री भट्टराईले लक्ष्य अनुरुप काम नभए स्पष्टीकरण सोधिने र सन्तोषजनक प्रगति नभए कार्यालय प्रमुखहरु परिवर्तन गरिने चेतावनीसमेत दिए ।

बैठकमा मन्त्री योगेश भट्टराईले मन्त्रालय मातहतका विभागको कार्य प्रगति विवरण बारेमा जानकारी लिएका थिए । मन्त्री भट्टराईले मातहतका विभागहरुको कामप्रति कडा टिप्पणी समेत गरे ।

बैठकमा मन्त्री भट्टराईले प्रत्येक कार्यालय प्रमुखहरुलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन दिए। लक्ष्य अनुरुप काम नभए स्पष्टीकरण सोधिने र सन्तोषजनक प्रगति नभए कार्यालय प्रमुखहरु परिवर्तन गरिनेको उनको भनाइ थयो । बैठकमा मन्त्री भट्टराईले भने, ‘काम भएन भने परिर्वतन गरिनेछ, परिवर्तन हुनेले मन नदुखाउनुहोला ।’

राजनीतिक नियुक्ति लिएर बिभिन्न पदमा रहेर सन्तोषजनक काम नगरेकालाई तत्कालबाटो खाली गर्न मन्त्री भट्टराईले निर्देशन दिए । खाली नगरे कामका आधारमा हटाउने उनले निर्देशन दिए । ‘कामको आधारमा हटाउँदा अदालत गएर नरुनुहोला’बैठकमा मन्त्री भट्टराईले भने ।

राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने मन्त्री भट्टराईको भनाइ थियो ।

आज प्रस्तुत भएको कार्यप्रगति विवरण काम चलाउ मात्रै भएको टिप्पणी गर्दै मन्त्री भट्टराईले आगमी २०७६ मंसिर ११–१२ गते बस्ने बैठकमा पुन प्रस्तुत गर्न निर्देशन दिए ।

भ्रमण बर्ष सफल बनाउनका लागि मन्त्रालय मातहतका कार्यालयहरुले के के गर्ने ? त्यो कार्ययोजना आगमी २०७६ मंसिर ११–१२ मा प्रस्तुत गर्न उनले निर्देशन दिए ।

काम नगर्ने र विवादित कर्मचारीहरुलाई विदेश भ्रमणमा रोक लगाइने मन्त्री भट्टराईको भनाइ थियो ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  २ : ०९ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको