धोका के हो ? धोका पाएमा के गर्ने ? | Khabarhub Khabarhub

धोका के हो ? धोका पाएमा के गर्ने ?


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

हाम्रो समाजमा धोका दिनु वा धोका पाउनु सामान्य विषय बनिसकेको छ ।

आजकलका कलिला उमेरका प्रेमीप्रेमीकादेखि वर्षौ सम्बन्धमा बाँधिएकाहरु समेत धोका दिने गर्दछन् । यसर्थ अधिकांश मानिसले जीवनमा कुनै न कुनै बेला धोका दिने वा पाउने गर्दछन् । तर धोका पाउने वा दिनेलाई धोका के हो भन्नेसमेत थाहा हुँदैन ।

धोका मानिसको सम्बन्धमा लुकाइएको सत्य वा बोलेको बचन नपुर्याउनु हो । यसको कुनै सीमा वा परिधी हँदैन । धोकालाई विश्वास र विश्वासघात बीचको अन्तरका रुपमा बुझ्दा सहज हुन्छ ।

एक अनुसन्धान अनुसार विश्वका करिब ७० प्रतिशत मानिसले कुनै न कुनै रुपमा आफ्नो पार्टनरलाई धोका दिन्छन् । तर यस धोकामा प्रेममा धोका दिनु वा छोड्नु भन्ने पर्दैन ।

कुनै कुरा छल गर्नु, लुकाउनु, जानकारी नदिई गर्नु वा बताउनु पर्ने कुरा नबताउनु धोका हो । तर कतिपय मानिस प्रेममा नै धोका दिने गर्दछन् ।

यस मामलामा पहिले पुरुषहरुको संख्या ज्यादा रहेपनि हाल महिला पुरुषको संख्या बराबरी झै छ । यसरी प्रेममा धोका दिनुको अर्थ एकसँग सम्बन्धमा रहेकै बेला अरुसँग सम्बन्ध राख्नु वा अर्को पार्टनरको खोजी गर्नु हो । साथै कतिपयले पार्टनरको जानकारी बाहिर दोस्रो व्यक्तिसँग गर्ने सेक्स पनि एक प्रकारको धोका हो । जसलाई नेपाली समाजमा ठूलो धोकाको रुपमा मानिन्छ ।

धोकाको खास अर्थ चाहिँ भावनात्मक विश्वासघात हो । अर्थात बचन र मर्यादामा बाधिएको सम्बन्धमा आउने अविश्वास र दूरी नै धोका हो ।

यस्तोमा सम्बन्धमा बाधिएका मानिस धोकालाई अनैतिक मान्दछन् । उनीहरु धोका पाएपछि रुने, दुखी हुने, आफूलाई क्षति पुर्याउने वा बदलाको भाव राखी धोका दिने व्यक्तिलाई क्षति पुर्याउने कल्पना र कर्म गर्दछन् ।

धोका पाउने व्यक्तिका लागि धोकाले मानसिक र स्वास्थ्यमा असर पार्दछ । यसैकारण कतिपय मानिसको धोकाको आडमा नै सम्बन्धहरु तोडिएका छन् । तर धोका दिएको मानिसलाई एक पटकलाई अवसर दिएर उसको नैतिकता र इमान्दारिता मापन गर्न सकिन्छ ।

यदि पुनः उक्त व्यक्तिबाट धोका पाइयो भने यस्तोमा सम्बन्ध बचाउन लागीपर्नुभन्दा सम्बन्ध तोड्नु नै उचित हुन्छ ।

जहाँ मन भुलाउन जीवन त अमर छैन, सम्बन्ध कसरी अम्बर होस् भन्ने मानसिकता बसाउनु पर्छ ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  १ : ५० बजे

६ सय परिवारका लागि लिफ्ट आयोजना

नुवाकोट– तादीखोलाको पानी तानेर नुवाकोट दरबार क्षेत्र आसपासका बासिन्दालाई वितरण

भारतमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु, २३ घाइते

नयाँदिल्ली– भारतको छत्तीसगढस्थित बेमेटारामा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन गरिँदै

धादिङ– धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृति मार्फत आन्तरिक तथा

युक्रेनमा रुसलाई सफलता

रुस – भ्लाडिमिर पुटिनको रुसी सेनाले पूर्वी युक्रेनका थप तीन

‘नेपाल यस कारण लगानी अवसरको केन्द्र हो’

धेरैले लगानी सम्भावनाबारे सम्मेलनको उद्घाटन समारोहमा बोल्नुभयो । म त्यसलाई