नियमित दाँत नमाझ्ने व्यक्ति सावधान – मधुमेहदेखि मुटुरोगसम्म हुनसक्छ | Khabarhub Khabarhub

नियमित दाँत नमाझ्ने व्यक्ति सावधान – मधुमेहदेखि मुटुरोगसम्म हुनसक्छ


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाँतको नियमित सफाइ गर्नाले हामीलाई स्वास्थ्यका धेरै जोखिमहरुबाट जोगाउने गर्दछ । धेरै मानिसमा खाना खाएपछि वा दैनिक दुईपटक दाँत माझ्ने बानी हुन्छ । तर केही मानिस भने दिनको दुईपटक त परको कुरा केही दिनसम्म पनि दाँत माझ्दैनन् ।

यसरी नियमित दाँँत नमाझ्दा यसले दाँतसहित समग्र शरीरको स्वास्थ्यमा असर पार्ने गर्दछ । तर्सथ दाँत, गिजा र मुखका टिस्युको स्याहार गर्नु हाम्रो समग्र स्वास्थ्य ठीक राख्नका लागि धेरै महत्वपूर्ण मानिन्छ । यदि नियमित दाँत सफा भएन भने यसले निम्न समस्याहरु देखापर्ने हुन्छ :

१. दाँत बिग्रने तथा किरा लाग्ने

नियमित दाँत सफा नगर्दा हाम्रो दाँतमा किरा लाग्ने र दाँत बिग्रने हुन्छ । दाँतमा ब्याक्टेरियाले उत्पादन गर्ने इन्जाइमले दाँतका हाड खियाउनुका साथै दाँतमा प्वाल पार्ने र जरासम्म जोड्ने हाड नष्टसमेत हुन्छ ।

२. गिजाको समस्या हुनसक्छ

दाँतको सफाइमा ध्यान नदिए यसले गिजामा इन्फेक्सन गर्ने र गम्भीर रोग पनि लाग्न सक्छ । गिजामा इन्फेक्सन भएमा शल्यक्रिया नै गर्नुपर्ने स्थितिसमेत हुन्छ ।

३. मधुमेहको खतरा

नियमित दाँत नमाझ्ने मानिसमा मधुमेहजस्तो गम्भीर र दीर्घकालीन रोगसमेत लाग्न सक्छ । गिजासम्बन्धी रोगबाट ग्रस्त व्यक्तिलाई मधुमेहको सम्भावना उच्च हुन्छ ।

४. मुटुसम्बन्धी रोग हुनसक्छ

मुख र दाँतको नियमित सफाइ नगर्ने मानिसमा मुटुसम्बन्धी रोगसमेत लाग्न सक्छ । दाँत सफा नगर्दा मुखमा उत्पन्न हुने ब्याक्टेरिया शरीरको रक्त प्रवाहमा मिसिन्छ र पाचन प्रणालीलगायत विभिन्न प्रणालीमा असर पार्न थाल्छ । परिणाम स्वरुप मुटुरोग, मस्तिष्क घात लगायतका रोगको खतरा हुन्छ ।

५. व्यक्तित्वमा हानी

दाँत सफा नगर्ने मानिसको दाँतमा अड्किएका खानेकुरा कुहिएपछि मुख गन्हाउने हुन्छ । मुखमा उत्पन्न हुने ब्याक्टेरिया र कुहिएका खानेकुराको कारण यो क्यालकुलससमेत बन्दछ । जसले मानिसको व्यक्तित्वमा समेत हानी पुर्याउने गर्दछ ।

६. गिजा सुन्निने र रगत आउने

दाँत सफा नगर्दा गिजा दुख्ने, सुन्निने र रगत आउनेजस्ता समस्याहरु हुने गर्दछन् । यदि गिजा सम्बन्धी समस्या जिन्जिभाइटिस सुरु भयो भने यसले निकै दुःख दिन्छ ।

७. इनामेल खिइने

हाम्रो दाँतको बाहिरीभागमा रहने इनामेलले दाँत जोगाउन महत्वपूर्ण भूमिका खेल्दछ । दाँत सफा नगर्दा दाँतमा अड्किने खानाका टुक्रा कुहिएर फोहोर जम्मा हुन्छ र ब्याक्टेरिया उत्पन्न हुन्छ । जसले इनामेल खियाउने गर्दछ । इनामेल खिइएमा दाँत बिग्रदै जान्छ र उपचार गर्न कठिन हुन्छ ।

८. दाँत फोहोर हुने

नियमित दाँत सफा नगर्दा खाना तथा पेयका कणले सेता दाँत पहेलो बनाउने गर्दछ । साथै गुटखा खाने मानिसको दाँतको फेदमा कस जम्मा हुन गई यसले पूरै दाँत बिगार्ने गर्दछ । अझ खैनी, धुम्पान तथा सूर्तिमा हुने निकोटिनले दाँतको आयुसमेत घटाउँछ ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  १ : २० बजे

सहकारी समस्या समाधान गर्न पूर्वन्यायाधीश गौतम नेतृत्वको समिति

काठमाडौं- सरकारले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्षमा

धनगढीबाट लागूऔषधसहित ६ जना पक्राउ

धनगढी – कैलालीको धनगढीबाट बिहीबार लागूऔषधसहित ६ जना पक्राउ परेका

ब्याण्डविथ खरिद वापतको भुक्तानीमा कुनै अवरोध छैन : मन्त्रालय

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा इन्टरनेट सेवा

हजारौं कर्मचारी कटौती गर्ने योजनामा चिनियाँ प्राविधिक कम्पनी

चीन । चिनियाँ प्रविधिको क्षेत्रमा संकट देखिएको छ । प्रविधिको

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको