नेपाल ट्रष्टका सुरक्षा गार्डलाई कब्जामा लिएका छैनौँ : भक्तपुर नगरपालिका | Khabarhub Khabarhub

नेपाल ट्रष्टका सुरक्षा गार्डलाई कब्जामा लिएका छैनौँ : भक्तपुर नगरपालिका


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपाल ट्रष्टको जग्गा संरक्षणमा खटिएका सुरक्षा गार्डलाई भक्तपुर नगरपालिकाले कब्जामा नलिई सोधपुछ मात्रै गरेको भक्तपुर नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले मङ्गलबार राति ७ बजे विज्ञप्ति जारी गर्दै भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित १०८ रोपनी नेपाल ट्रष्टको जग्गा संरक्षणमा खटिएका सुरक्षा गार्डलाई कब्जामा लिएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

नगरपालिकाले उक्त जग्गाको दुरुपयोग भएको र अतिक्रमणसमेत भएकाले नगरपालिकालको बजेटले संरक्षण गर्न वरिपरि पर्खाल लगाएर ताल्चा मारेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल ट्रष्टको जग्गाको गेटमा नगरपालिकाले लगाएको ताल्चा फुटाएर फ्याँकेको सूचना प्राप्त भएपछि सोही ठाउँमा बसेका एक व्यक्तिलाई सोधपुछका लागि नगरपालिका ल्याएको र प्रहरी प्रशासनबाट ती व्यक्ति ट्रष्टबाट खटाइएको भन्ने जानकारी आएपछि फर्काइएको विज्ञप्तिमा उल्लेख छ ।

नगरपालिकाले उक्त जग्गा स्वामित्वमा लिन खोजेको नभई संरक्षण मात्रै गरेको जनाएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ११ : ४७ बजे

सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो

काठमाडौं – सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका

इलाममा अग्रता बढाउँदै सुहाङ, डम्बर ६ हजार ५ सय मतले पछाडि

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

सोलुुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी