म्यान्मारका खेलाडीलाई पराजित गर्दै सेनाका तेजबहादुर प्री–क्वाटरफाइनलमा प्रवेश | Khabarhub Khabarhub

म्यान्मारका खेलाडीलाई पराजित गर्दै सेनाका तेजबहादुर प्री–क्वाटरफाइनलमा प्रवेश


२ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीन– सातौँ विश्व सैनिक खेलकूद प्रतियोगितामा बक्सिङतर्फको ४९ किलो तौल समूहमा शनिवार भएको खेलमा नेपालले म्यान्मारलाई पराजित गरेको छ ।

नेपाली सेनाका जमदार तेजबहादुर देउवाले म्यान्मारका खेलाडी माउङक्याव हलालाई ४–१ अङ्कका आधारमा पछि पार्दै प्री–क्वाटरफाइनलमा प्रवेश गर्न सफल भए ।

देउवाले अर्को खेल कात्तिक ४ गते गोयनाका खेलाडी लिविस कोलिनसँग खेल्नेछन् । चिनको उहान स्पोर्टस् युनिभर्सिटी ज्युम्नासियमा भएको खेलमा देउवाले प्रतिद्वन्द्वी हाललाई पराजित गरेपछि कुरा गर्दै अनुभव र तालीमले सफलता प्राप्त भएको बताए ।

“अर्को खेल पनि जित्छु भन्ने पूर्ण विश्वास छ”, उनले भने । आजै भएको ९१ किलो बढीको तौल समूहको बक्सिङमा नेपाली सेनाका अमल्दार आशिष दवाडी नाइजेरियाका काजिम समसोनसँग ३–२ अङ्कका आधारमा पराजित भए ।

त्यस्तै आजै जुडो (महिलातर्फ), घोडचढी, फेन्सिङ र बीच भलिबल प्रतियोगितामा नेपाली खेलाडी पराजित भएका छन् । ‘इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिल (सिआइएसएम)’ले प्रत्येक चार वर्षमा गर्ने यो प्रतियोगितामा नेपाली सेनाले पहिलो पटक भाग लिएको हो । प्रतियोगितामा नेपाली सेनाले १३ खेलमा प्रतिस्पर्धा गर्दैछ ।

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  ८ : ३३ बजे

आगलागी हुँदा २५ लाख बढीको क्षति

कञ्चनपु– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा आगलागी हुँदा

सरकारले अग्निपीडितलाई अस्थायी आवासको व्यवस्था गर्दै

काठमाडौं– सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको

अमेरिकी डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज