डोटीमा बस दुर्घटना–११ जना घाइते, चारको अवस्था गम्भीर | Khabarhub Khabarhub

डोटीमा बस दुर्घटना–११ जना घाइते, चारको अवस्था गम्भीर


२ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– डोटीको जोरायल गाउँपालिका–२ गरुडमा शनिवार बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार डडेल्धुराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना४ख ८२३५ नं को बस दुर्घटनामा परेको हो । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।

डडेल्धुराको अमरगढी नगरपालिकाका २५ वर्षीय बसका चालक सुरेन्द्र विष्ट, बैतडी पाटनका ३० वर्षीय नरेश चन्द, डडेल्धुरा भागेश्वरका २२ वर्षीय तारा जोशी र दाङ तुलसीपुरका १९ वर्षीया लक्ष्मी विकको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय फलटुडेका प्रहरी निरीक्षक माधव विकले जानकारी दिए ।

उनीहरुलाई उपचारका लागि पद्मा अस्पताल अत्तरिया पुर्‍याइएको छ । दुर्घटनाको कारणबारे खुलेको छैन । बस सडकबाट झण्डै ५० मिटर तल खसेको थियो ।

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  ९ : १० बजे

जसपाको कार्यबाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी केन्द्रीय

पर्सामा सात सय ३९ घरेलु उद्योग थपिए

वीरगञ्ज– जिल्लामा चालु आर्थिक वर्षको नौ महिनामा  रु ८६ करोड

बझाङको मतगणना छबिसपाथिभेराबाट सुरु गरिने 

बझाङ– बझाङको मतगणना छबिसपाथिभेरा गाउँपालिकाबाट सुरु गरिने भएको छ ।

विश्व आर्थिक मञ्चको प्रमुख एजेन्डामा गाजा

काठमाडौं– गाजामा जारी युद्ध र मध्यपूर्वको तनाव व्यापक समाधानका लागि

बझाङमा सर्वदलीय बैठक जारी, १ बजेपछि मतगणना हुने 

बझाङ– बझाङमा सर्वदलीय बैठक जारी छ । बझाङ प्रदेशसभा १