जो सुकैले जहिले अपराध गरेपनि दण्ड पाउनुपर्छ– गगन थापा | Khabarhub Khabarhub

जो सुकैले जहिले अपराध गरेपनि दण्ड पाउनुपर्छ– गगन थापा


२ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले अपराध गर्नेले दण्ड पाउनुपर्ने उल्लेख गरेका छन् ।

कुनै घटनाबारे उल्लेख नगरिकन सांसदसमेत रहेका नेता थापाले दोषीको छिनोफानो अनुसन्धान र न्यायालयले गर्ने र निष्पक्ष छानविनका लागि सहयोग गर्नु आफूहरुको कर्तव्य भएको बताए ।

सामाजिक सञ्जालमा नेता थापाले लेखेका छन्,‘ जोसुकै होस्,जहाँ भएको होस्,जहिले भएको होस्,जुनसुकै ओहोदामा पुगेकोले गरेको होस्, अपराध गर्नेले दण्ड पाउनुपर्छ’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्, दोषीको छिनोफानो अनुसन्धान र न्यायालयले गर्छ।निष्पक्ष छानबिनका लागी सहयोग गर्नु हाम्रो कर्तव्य हो। यही हो काँग्रेसको धारणा। बाँकी सबै व्यक्तिगत धारणा हुन्।‬’

शुक्रवार आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष शेरबहादुर देउवाले मोहम्मद अफताब आलमको पक्राउलाई षड्यन्त्रको आरोप लगाउँदै १२ वर्षअघिको मुद्दालाई ब्यूँझाएर सरकारले कांग्रेसलाई प्रहार गर्न थालेको बताएपछि आलोचना भएको थियो ।

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  ६ : १३ बजे

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव