१४ लाख मूल्य बराबरको १९ किलो चाँदीसहित एक जना पक्राउ | Khabarhub Khabarhub

१४ लाख मूल्य बराबरको १९ किलो चाँदीसहित एक जना पक्राउ


२ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा–बाराको सिम्रौनगढ नाकाबाट ठूलो परिमाणमा अवैध चाँदीसहित एक जना पक्राउ परेका छन् ।

सशस्त्र प्रहरीले सिम्रौनगढ नगरपालिका–६ सतुवाही नाकाबाट १९ किलो १०० ग्राम चाँदीसहित बाराको बारागढी गाउँपालिका–६ घर भएका ३२ वर्षीय मुख्ती साहलाई पक्राउ गरेको बारा प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीको बोर्डर आउटपोष्ट गोलागञ्जबाट खटिएको प्रहरी टोलीले साहलाई विशेष सुराकीको आधारमा सो परिमाणको चाँदीसहित नियन्त्रणमा लिएको हो । भारतबाट बीआर०६एम १०६० नंको भारतीय मोटरसाइकलमा चाँदी लिएर आइरहेको अवस्थामा साहलाई पक्राउ गरिएको सशस्त्र प्रहरीका प्रवक्ता सुरज श्रेष्ठले बताए

बरामद चाँदीको बजार मूल्य करीब रु १४ लाख रहेको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ परेको चाँदी र मोटरसाइकलसहित साहलाई थप अनुसन्धान र कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  ५ : ०८ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र