दशैँको समयमा उपत्यकामा सवारी दुर्घटनामा १० जनाको मृत्यु | Khabarhub Khabarhub

दशैँको समयमा उपत्यकामा सवारी दुर्घटनामा १० जनाको मृत्यु


२ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ उपत्यकाभित्र यस वर्षको दशैँमा सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ ।

महानगरीय ट्राफिक प्रहरीले दिएको जानकारीअनुसार घटस्थापनादेखि पूर्णिमासम्म ३५० सवारी दुर्घटनामा १० ले ज्यान गुमाएका हुन् । यस्तै १४ गम्भीर घाइते र ३०४ सामान्य घाइते भएका छन् ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले तीव्रगति र चालकको लापरवाहीका कारण धेरै दुर्घटना भएको बताए ।

गत वर्षको दशैँको समयमा २८५ सवारी दुर्घटनामा १३ ले ज्यान गुमाएका थिए भने आठ गम्भीर घाइते तथा २०२ सामान्य घाइते भएका थिए ।

महाशाखाले यस वर्षको दशैँको समयमा ट्राफिक नियम उलङ्घन गर्ने १४ हजार ९११ सवारी साधनलाई कारवाही गरेको छ । गत वर्षको दशैँमा पाँच हजार सवारी साधनलाई नियम उल्लङ्घन गरिएको भन्दै कारवाही गरिएको थियो ।

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  ३ : २७ बजे

आजको मौसम : चट्याङ-हावाहुरीसहित वर्षा 

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

लखनउविरुद्ध १६ बलमा टेभिस हेडको अर्धशतक

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्ने भएको छ। 

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार सन्

लखनउमाथि हैदरावाद १० विकेटले विजयी : ऐतिहासिक जितमा बने धेरै रेकर्ड

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा