भारतले आफैँ बनायो बुलेटप्रुफ ज्याकेट, कश्मीरमा तैनाथ सेनालाई दिइने | Khabarhub Khabarhub

भारतले आफैँ बनायो बुलेटप्रुफ ज्याकेट, कश्मीरमा तैनाथ सेनालाई दिइने


२ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतीय सेनालाई पहिलो पटक देशमै बनेको ४० हजार थान बलेटप्रुफ ज्याकेट दिइएको छ । यी ज्याकेटहरु पहिलो चरणमा जम्मू–कश्मीरमा खटिएका सैनिकहरुले पाउने छन् ।

आतंकवाद विरुद्धको अपरेसनमा खटिएका सैनिकहरुले देशमै बनेको बुलेटप्रुफ ज्याकेट पाउने भारतीय अधिकारीले बताएका छन् ।

गत वर्ष भारतीय रक्षा मन्त्रालयले एसएमपीपी प्राइभेट लिमिटेडसँग १.८६ लाख थान उच्चस्तरको ज्याकेट निर्माणका लागि ६३९ करोड भारुमा सम्झौता गरेको थियो । यसबाट भारतीय सेना तथा उद्योगको आत्मविश्वास बढ्ने कदमको रुपमा रहने मन्त्रालयको अपेक्षा छ ।

रक्षा मन्त्रालयसँगको सम्झौताअनुसार उक्त कम्पनीले यस वर्ष ३६ हजार थान बुलेटप्रुफ ज्याकेट उपलब्ध गराउनु पर्नेमा लक्ष्यभन्दा बढी ४० हजार थान ज्याकेट तयार गर्न सफल भएको बताएको छ ।

ज्याकेट बनाउने जिम्मा पाएको कम्पनी एसएमपीपी प्राइभेट लिमिटेडका तर्फबाट मेजर जनरल अनिल ओब्रायले सरकारले दिएको निर्धारित समयभन्दा अगावै बाँकी ज्याकेटहरु पनि बुझाउने बताए ।

भारत सरकारले २०२१ सम्ममा ती सबै ज्याकेट बनाएर उपलब्ध गराइसक्नु पर्ने समयसीमा दिएको छ । यद्यपि, २०२० को अन्तसम्ममा सबै ज्याकेट तयार भइसक्ने दावी गरिएको छ । यो ज्याकेटले हार्ड स्टीलबाट बनेको गोलीलाई छेक्न सक्ने क्षमता राख्दछ । एके–४७ तथा अन्य हतियारबाट प्रहार भएका गोलीले समेत यो बुलेटप्रुफ ज्याकेटलाई कुनै असर पर्ने छैन ।

बोराँन कार्बाइड सेरेमिकबाट तयार गरिएका बुलेटप्रुफ ज्याकेट सुरक्षाको दृष्टिले पनि सुरक्षित र हल्का रहेको छ । ज्याकेटले शरीरलाई ३६० डिग्रीमा सुरक्षा गर्नेछ । यस कार्यलाई भारतीय सेनाको आधुनिकीकरणको कदमको रुपमा लिइएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  २ : ५२ बजे

टीकाबहादुरकाे टिप्पणी- ‘ठेकीको व्यापार बढे युवाले विदेशी भूमिमा दुःख गर्न पर्दैन’

ढोरपाटन– शिरमा ढाका टोपी, शरीरमा पसिनाले लुथ्रुकमा भिजेका कपडा ।

क्रोएसियामा मात्रै २५ हजार नेपाली, कन्सुलर कार्यालय नहुँदा अनेकन सास्ती

काठमाडौं- पछिल्लो समय पोर्चुगलपछि छिमेकी मुलुक क्रोएसियामा नेपालीहरूको संख्या बढ्दै

भक्तपुरको कार्पेट कारखानामा आगलागी हुँदा दुई जना घाइते

काठमाडौं– भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोट मोडको प्लाई कार्पेट कारखानामा आगलागी

‘रायो’ साग बेचेर लाखौँ कमाइ

गलकोट– गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट भरिभराउ भएर फर्कन्छन् ।

दक्षिणी ब्राजिलमा भीषण वर्षा, ५८ जनाको मृत्यु

काठमाडौं– ब्राजिलको दक्षिणी भागमा भारी वर्षा, बाढी र पहिरोका कारण