सतर्कता केन्द्रको छड्केमा सिंहदरबारका २२६ कर्मचारी | Khabarhub Khabarhub

सतर्कता केन्द्रको छड्केमा सिंहदरबारका २२६ कर्मचारी


२ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिंहदरबारभित्रका विभिन्न मन्त्रालय र निकायका २२६ कर्मचारीले अनुशासन पालना नगरेको पाइएको छ ।

शुक्रबार राष्ट्रिय सर्तकता केन्द्रले तीन मन्त्रालयसहित अन्य तीन निकायमा गरेको अनुगमनका क्रममा २२६ कर्मचारीले समयको पालना नगरेको, तोकिएको पोसाक नलगाएको, बिदा स्वीकृत नगरी बिदामा बसेको तथा अनुपस्थित रेहेको पाइएको केन्द्रका सहप्रवक्ता डालनाथ अर्यालले जानकारी दिए ।

केन्द्रले अर्थ मन्त्रालय, खानेपानी मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, मुद्रण विभाग, रेडियो नेपाल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा आकस्मिक छड्के अनुगमन गरेको थियो ।

यसक्रममा समयको पालना नगर्नेमा १६९, बिदा स्वीकृत नगराउनेमा ३२, पोसाक नलगाउनेमा १४ र सिट छड्केमा ११ जना परेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार नियम पालना नगर्नेमा सबैभन्दा बढी मुद्रण विभागका ६१ जना कर्मचारी छन् ।

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  ७ : २० बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम