यात्रु अभावमा सुकेटार विमानस्थलमा उडान भएन | Khabarhub Khabarhub

यात्रु अभावमा सुकेटार विमानस्थलमा उडान भएन


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङको एक मात्र सुकेटार विमानस्थलमा असारदेखि उडान हुन सकेको छैन ।

वर्षातमा मौसम खराबीका कारण उडान हुन नसकेको विमानस्थलमा अहिले यात्रु नहुँदा उडान नभएको हो । मौसम खुलेसँगै उडान गर्न सकिने भए पनि पछिल्लो पटक यात्रु नभएकाले उडान नभएको नेपाल वायुसेवा निगमका स्टेशन प्रमुख राजु कार्कीले बताए ।

‘असार, साउनमा मौसम खराबीले नियमित उडान भएन, अहिले उडानका लागि मौसम अनुकूल भए पनि एक/दुईजना यात्रु फाट्टफुट्ट आउने गर्नुभएको छ, कम्तीमा ६/७ जनासम्म नहुँदा घाटा बेहोर्नु पर्छ’–कार्कीले भने ।

यद्यपि चार/पाँचजना सम्म यात्रु पाए घाटा बेहोरेर भएपनि उडान शुरु गर्ने मनस्थितिमा निगम रहेको उनले बताए ।

सुकेटार विमानस्थलमा निगमको विमानले साताको सोमबार, बुधबार र शनिबार ताप्लेजुङ काठमाडौँ उडान गर्ने नियमित कार्यतालिका छ । यता निगमले विभिन्न कारण देखाउँदै नियमित उडान नगरेकाले भरपर्दो हुन नसकेको स्थानीयवासीको भनाइ छ ।

पटक–पटक टिकट काटेर विमानस्थलबाटै फर्कनुपर्ने बाध्यता रहँदै आएको भन्दै स्थानीयवासीले गाडी नै चढ्ने गरेका छन् । यो वर्ष असार ४ यता उडान हुन सकेको छैन ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  २ : ३० बजे

इलाममा सुहाङलाई ६ हजार ६०६ मतको अग्रता

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

डढेलोका घटना रोकथाममा लाग्न मुख्यमन्त्रीको अधिकारीको आग्रह

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सुक्खा मौसमसँग फैलिरहेको

सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो

काठमाडौं – सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका

इलाममा अग्रता बढाउँदै सुहाङ, डम्बर ६ हजार ५ सय मतले पछाडि

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा