संसदमा प्रधानमन्त्रीको सम्बोधन स्थगित, भोलि देशवासीका नाममा सम्वोधन गर्ने | Khabarhub Khabarhub

संसदमा प्रधानमन्त्रीको सम्बोधन स्थगित, भोलि देशवासीका नाममा सम्वोधन गर्ने


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ ।

विहीवार(आज) दिउँसो बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवोधन गर्ने कार्यक्रम रहेको थियो ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले प्रधानमन्त्रीले आज संसदमा गर्ने भनिएको सम्बोधन स्थगित भएको खबरहबलाई जानकारी दिए ।

‘प्रधानमन्त्रीले आज संसदमा गर्ने सम्बोधन स्थगित भएको छ’ अधिकारीले भने,‘भोलि(शुक्रवार) प्रधानमन्त्रीले देशवासीको नाममा संवोधन गर्नुहुनेछ ।’

संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा शुक्रबार प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने भएसँगै आज सदनमा सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको हो ।

गत वैशाख १६ बाट शुरु भएको संसदको चौथो अधिवेशन आज सकिँदैछ ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  २ : ०७ बजे

हिमालबाट दुई टनभन्दा बढी फोहोर संकलन

काठमाडौं– सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट करिब २ टनभन्दा

यो वर्ष नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत

काठमाडौं-  यस वर्ष नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने अनुमान

इङ्ल्याण्डका आठ खेलाडीले आइपिएलका प्लेअफ खेल गुमाउने

काठमाडौं- हाल इन्डियन प्रिमियर लिग (आइपिएल) खेलिरहेका इङ्ल्याण्डका खेलाडी प्लेअफका

रेडियो नेपाल र नेपाल टेलिभिजनसँगै गोरखापत्रलाई पनि एकीकृत गर्न सकिने

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले रेडियो नेपाल र

जोखिम न्यूनीकरणका लागि साझा प्रयास आवश्यक : मन्त्री बस्नेत

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनका कारण