आइफा अवार्डमा उत्कृष्ट अभिनेता बने रणवीर सिंह, दीपिकालाई गरे किस | Khabarhub Khabarhub

आइफा अवार्डमा उत्कृष्ट अभिनेता बने रणवीर सिंह, दीपिकालाई गरे किस


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतको अवार्ड आइफा अवार्ड २०१९ मा रणवीर सिंहले बेस्ट एक्टरको अवार्ड जितेका छन् । बेस्ट एक्टरको अवार्ड जितेपछि रणवीरले स्टेजमा बोल्दा उनकी पत्नी दीपिका पादुकोण भावुक भएकी थिइन् ।

सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोमा दीपिका पादुकोणका आँखामा आँसु देखिएका थिए ।

रणवीर सिंहको नाम घोषणा हुनासाथ पत्नी तथा अभिनेत्री दीपिका पादुकोणलाई रणवीरले चुम्बन गरेका थिए । दीपिकाको छेउमा बसेकी आलियालाई रणवीरले अंकमाल गरे । अवार्ड लिएपछि रणवीरले भने, ‘दीपिका तिमी मलाई हरेक दिन इन्स्पायर गर्छौ, मेरी पत्नी फ्रन्ट रोमा बसेर मलाई खुबै गर्वका साथ हेरिरहेकी छिन्, म योभन्दा अरु के माग्न सक्छु? र भगवानसँग के मागुँ?’

अवार्डका दौरान दीपिकाका आँखामा खुशीका आँसु आएका थिए । अवार्डका दौरान दीपिका र रणवीरले धेरैको ध्यान तानेका थिए ।

यो अवार्ड पहिले नेपालमा गरिने भनिएको थियो । तर, पछि विरोध चुलिएपछि नेपालमा नहुने निश्चित भएको थियो ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  १ : १९ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र