मारिया चम्किएपछि रियलविरुद्ध पीएसजीको ३ गोल | Khabarhub Khabarhub

मारिया चम्किएपछि रियलविरुद्ध पीएसजीको ३ गोल


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- च्याम्पियन्स लिग फुटबलमा अन्तर्गत बुधबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सहज जित दर्ता गरेको छ ।

घरेलु टोली पीएसजीले स्पेनिस महारथी रियल मड्रिडलाई ३–० गोल अन्तरले पराजित गरेको हो । पीएसजीको जीतमा एन्जल डी मारियाको दुई गोल गरेका थिए ।

घरेलु टोली पीएसजी तीन मुख्य फरवार्ड विना नै मैदान उत्रिएको थियो । निलम्बनको कारण नेयमार र चोटका कारण केलियन एम्बाप्पे र ईडिन्सन काभानी मैदानमा थिएनन् ।

मारियाले सुरुवातमै दुई गोल गर्दै पीएसजीको जित यात्रालाई निकै सहज बनाए । अर्को एक गोल दोस्रो हाफको ईन्जुरी समयमा थोमस म्युनिरले गरेका थिए । पीएसजीको जितले रियल प्रशिक्षक जिनेदिन जिदानमाथि ठुलो दबाब थपिएको छ ।

मारियाले १४ औ मिनेटमा पीएसजीलाई सूरुवाती अग्रता दिलाए । ३३ औ मिनेटमा डि बक्स बाहिरबाट दोस्रो गोल गर्दै उनले घरेलु टोलीलाई सुरुमै २–० को अग्रता दिलाएका थिए ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  ८ : ३५ बजे

कर्णालीमा सरकार विस्तार, को-को बने मन्त्री ?

सुर्खेत– कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सरकार विस्तार गरेका छन् ।

जुत्ता सिलाएर हातमुख जोर्नेको व्यथा- ‘अरूको जुत्ता टल्कियो, आफ्नो भाग्य घर्कियो’ 

नेपालमा विदेशिनेको ओइरो छ । बाध्यतावश होस् या रहरले नै

लगानी सम्मेलनको प्रभाव, एकै दिन २५.९३ अंकले बढ्यो नेप्से 

काठमाडौं– सरकारले गरेको लगानी सम्मेलनको प्रभावले नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा

तेल अविवमा गर्मीले तोड्यो ८५ वर्षको रेकर्ड

इजराइल– मुलुक प्रचण्ड गर्मीले तातेका बेला इजराइल मौसम विज्ञान सेवा