ट्राफिक प्रहरीविरुद्ध १ लाखको भ्रष्टाचार मुद्दा दर्ता | Khabarhub Khabarhub

ट्राफिक प्रहरीविरुद्ध १ लाखको भ्रष्टाचार मुद्दा दर्ता


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको नयाँ बसपार्कस्थित महानगरीय ट्राफिक प्रहरी बिटका ३ जना ट्राफिक कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग लिएको घुससहित पक्राउ परेका ट्राफिक प्रहरी जवानहरुविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

नयाँ बसपार्कस्थित ट्राफिक बिटमा कार्यरत प्रहरी जवान देबेन्द्र बलायर, आकाश खनाल, निरज भण्डारी, देवेन्द्र थापा र हिटलर साउद सेवाग्राहीसँग लिएको १ लाख घुससहित पक्राउ परेका थिए ।

अख्तियारका अनुसार उनीहरुले सवारी दुर्घटनाको प्रहरी रिपोर्ट बनाइदिने बहानामा १ लाख रुपैयाँ घुस लिएका थिए ।

अनुसन्धानका क्रममा प्रहरी जवानहरु देवेन्द्र बलायर, हिटल साउद र लोकेन्द्र थापाले घुस लिएको पुष्टि भएकाले सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारले ३ जनाविरुद्ध १ लाख रुपैयाँ बिगो तथा जरिवाना र ६ महिनासम्म कैद सजाय माग दाबी गरेको छ ।

पक्राउ परेका अन्य २ जना प्रहरी जवान आकाश खनाल र निरज भण्डारी घुस लिने कार्यमा प्रत्यक्ष संलग्न रहेको नदेखिएको भन्दै उनीहरुलाई साक्षीका रुपमा मात्रै पेश गर्ने निर्णय भएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ४ : ३२ बजे

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा