बोस्निया एण्ड हर्जगोभिनामा ६ अफगान आप्रवासी पक्राउ | Khabarhub Khabarhub

बोस्निया एण्ड हर्जगोभिनामा ६ अफगान आप्रवासी पक्राउ


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– आतंकवादी सञ्जालमा आबद्ध रहेको तथा तस्करीमा संलग्न रहेको अभियोगमा बाल्कन मुलुक बोस्निया एण्ड हर्जगोभिनामा ६ अफगान आप्रवासी पक्राउ परेका छन् ।

मंगलबार विज्ञप्ति जारी गर्दै बोस्निया एण्ड हर्जगोभिनाको विदेशी मामिला सेवाले यस वर्षको सुरुबाट हालसम्म आतंकवादी सञ्जालमा आबद्ध रहेको तथा तस्करी र सांगठनिक अपराधमा संलग्न रहेको अभियोगमा ६ अफगान आप्रवासीलाई पक्राउ गरिएको जनाएको हो ।
आतंकवादी सञ्जालमा आबद्ध रहेको अभियोगमा ५ जना पक्राउ परेका हुन् भने अर्का एकजना तस्करी तथा सांगठनिक अपराधमा संलग्न रहेको अभियोगमा पक्राउ परेका हुन् ।

उनीहरु सबैलाई राजधानी सेरायेभोबाट पक्राउ गरिएको जनाइएको छ । छिमेकी मुलुकहरु स्लोभेनिया तथा हंगेरीले सीमामा कडाई गरेपछि बोस्निया एण्ड हर्जगोभिनामा ठूलो सङ्ख्यामा दक्षिण एशिया तथा मध्यपूर्वका आप्रवासीहरु बस्दै आएका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ८ : ५४ बजे

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन