आज प्रजातन्त्र दिवस : लोकतन्त्र र गणतन्त्रको जग | Khabarhub Khabarhub

आज प्रजातन्त्र दिवस : लोकतन्त्र र गणतन्त्रको जग


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा आज (मंगलबार) प्रजातन्त्र दिवस मनाइँदैछ । १०४ वर्षको जहानियाँ राणाशासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनको सम्झना गर्दै ६९ औं प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँदैछ ।

२००७ साल फागुन ७ मा आन्दोलनमार्फत ल्याइएको प्रजातन्त्र नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको जग भएको नेताहरुले बताएका छन् ।

सरकारले प्रजातन्त्र दिवस ३ दिन मनाउने घोषणा गर्दै आज सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रजातन्त्र दिवस मूल समारोह समितिले आयोजना गर्ने कार्यक्रममा राट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, उपसभामुखलगायतको उपस्थिति रहनेछ ।

समृद्ध नेपाल निर्माणमा सबै अग्रसर हुनुपर्छ

प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै उपराष्ट्रपति नन्दबहादुर पुनले स्थायी शान्ति, दिगो विकास र आर्थिक समृद्धिका लागि अग्रसर हुन सबै तहका सरकार, राजनीतिक दललगायत सरोकार भएका पक्षलाई आग्रह गरेका छन् ।

उपराष्ट्रपति पुनले दिएको शुभकामना सन्देशमा नेपाली जनताले ऐतिहासिक जनआन्दोलनबाट निरङ्कुश जहानियाँ राणाशासन ढालेर प्रजातन्त्र स्थापना गरेको फागुन ७ गौरवपूर्ण र अविस्मरणीय दिनमा प्रजातन्त्र प्राप्तिको सङ्घर्षमा आफ्नो जीवन उत्सर्ग गर्ने वीर वीराङ्गनाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै राष्ट्रिय एकताका साथ देशलाई आर्थिक विकासतर्फ तीव्र गतिमा लैजान सबै नेपालीलाई सत्प्रेरणा प्रदान गर्ने अपेक्षा गरेका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ८ : ०२ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौं– नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल