नेपाल–भारत सीमा क्षेत्रका २ हजार बढी सीमास्तम्भ गायब | Khabarhub Khabarhub

नेपाल–भारत सीमा क्षेत्रका २ हजार बढी सीमास्तम्भ गायब


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २ हजार बढी सीमास्तम्भ गायब, हराएका सीमास्तम्भको खोजतलास हुँदै शीर्षकमा आजको राजधानी दैनिकले मुख्य समाचार छापेको छ । नेपाल–भारत सीमा क्षेत्रमा तीन गुणभन्दा बढी सीमास्तम्भ हराएका छन् । ८ हजार ५ सय ५४ सीमास्तम्भमध्ये २ हजार ३ सय ४४ वटा हराएको नापी विभागले जनाएको छ ।

पाठकमाथि अख्तियारबाटै छानविन शीर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमा छापिएको छ । घुस प्रकरणमा मुछिएर राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकमाथि अनुसन्धान गर्ने बाटो खुला भएको छ । महान्याधिवक्ताको कार्यालयले अख्तियारलाई कानूनी अप्ठ्यारो नभएको रायसहित पत्र पठाएपछि आयुक्त पाठकमाथि अनुसन्धान गर्न बाटो खुलेको हो ।

त्यस्तै घाइते सीडीओको निधन शीर्षकमा अर्को समाचार छापिएको छ । जीप दुर्घटनमा गम्भीर घाइते भएका बाराका प्रिमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको निधन भएको छ । जीप दुर्घटनाको २२ दिनपछि सोमबार उनको त्रि. वि. शिक्षण अस्पताल महाराजगन्जमा उपचारकै क्रममा निधन भएको हो ।

सरकारले मुलुकभर पूर्ण रुपमा एनालग टेलिभिजन सेवा बन्द गर्न निर्देशन दिएको छ । यसअघि गत १५ वैशामा पनि सकारले यस्तो निर्देशन दिएको थियो । पत्रिकाले भेनेजुएलाद्वारा युरोपेली सांसद निष्कासित शीर्षकमा ८ पृष्ठमा समाचार विदेशको समाचारलाई प्राथमिकतामा राख्दै छापेको छ ।

त्यस्तै पत्रिकाले एनजीओको सशक्त अनुगमन आवश्यक शीर्षकमा सम्पादकीय छापेको छ । नेपालमा गैरसरकारी संस्था (एनजीओ)हरुले वार्षिक रुपमा २४ अर्बभन्दा बढी रुपैयाँ भित्र्याउने गरेको भए पनि अधिकांश नेपाली एनजीओले सो रकमको प्रतिफल पाउने नसकेको तथा सामाजिक विकास र सेवाका नखर्चिएको जनाएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ६ : ०१ बजे

बझाङको मतगणना छबिसपाथिभेरामा सुरु गरिने 

बझाङ– बझाङको मतगणना छबिसपाथिभेरा गाउँपालिकाबाट सुरु गरिने भएको छ ।

विश्व आर्थिक मञ्चको प्रमुख एजेन्डामा गाजा

काठमाडौं– गाजामा जारी युद्ध र मध्यपूर्वको तनाव व्यापक समाधानका लागि

बझाङमा सर्वदलीय बैठक जारी, १ बजेपछि मतगणना हुने 

बझाङ– बझाङमा सर्वदलीय बैठक जारी छ । बझाङ प्रदेशसभा १

सुपला भट्टराई : दर्शकको मन जित्न सफल बालकलाकार

काठमाडौं– बालविवाह र बोक्सी कुप्रथाको विषयमा बनेको चलचित्र ‘बोक्सीको घर’

वेस्ट इन्डिज’ए’ ले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

काठमाडौं– नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको दोस्रो