पानीजहाज व्यवसायीलाई जिब्राल्टर छाड्न निर्देशन | Khabarhub Khabarhub

पानीजहाज व्यवसायीलाई जिब्राल्टर छाड्न निर्देशन


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्पेनको नौसैनिक युद्धपोतले जिब्राल्टरको तटपारी रहेका बेलायती व्यावसायिक पानीजहाजलाई जिब्राल्टर छाड्न निर्देशन दिएको छ ।
बेलायत युरोपेली युनियनबाट बाहिरिने मिति नजिकिँदै गर्दा बेलायत र स्पेनबीच सार्वभौमिकताको विषयलाई लिएर विवादमा रहेको जिब्राल्टरको तटपारी स्पेनी नौसेनाले बेलायती व्यावसायिक पानीजहाजलाई त्यस स्थान छाड्न निर्देशन दिएको हो ।

स्पेनी नौसैनिक कदमको जवाफमा बेलायती नौसेनाले त्यस जलक्षेत्रमा स्पेनी नौसैनिक युद्धपोतको प्रतिरोध गरेको थियो । बेलायती नौसैनिक प्रतिरोधपछि स्पेनी नौसेना त्यहाँबाट भागेको बताइएको छ ।

स्पेनको दक्षिणी सीमामा रहेको जिब्राल्टर हाल बेलायतको प्रशासनअन्तर्गत छ भने स्पेनले जिब्राल्टरमा आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ४ : ३५ बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं– नेपालले वेस्ट इन्डिज ए विरुद्धको टी-२० सिरिजको अन्तिम खेलमा

अपाङ्ग तथा ज्येष्ठ नागरिकका लागि घुम्ती शिविर

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले अपाङ्गता भएका र ज्येष्ठ नागरिकलाई

वेस्ट इन्डिज ‘ए’ विरुद्ध अनिल शाहको अर्धशतक

काठमाडौै- अनिल शाहले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका

वेस्ट इन्डिज ‘ए’ विरुद्ध अर्धशतक बनाएर असिफ आउट

काठमाडौं– आसिफ सेखले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन्

‘सरकार ! रूसबाट आफन्त फिर्ता ल्याइदेऊ’

काठमाडौं – सन् २०२२ फेब्रुअरी २४ देखि रूसले छिमेकी युक्रेनमाथि