‘सरौतो’ को टिजर सार्वजनिक | Khabarhub Khabarhub

‘सरौतो’ को टिजर सार्वजनिक


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘सरौतो’ को टिजर सार्वजनिक गरिएको छ । उक्त टिजरमा सुमी मोक्तानलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ ।

सुमीसँगै सन्नी सिंह र लियो ट्यांकले पनी शीर्ष भूमिकामा अभिनय गरेका छन् । केही दिनअघि फिल्मको एक गीत सार्वजनिक गरिएको थियो ।

फिल्ममा सुमी र सन्नीसँगै विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, लियो ट्यांक, मनिषा पुन मगर, प्रतिक दुलाल लगायतका कलाकारले समेत अभिनय गरेका छन् ।

विरञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रियशन, राइजिङ फिल्मस् र ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको यो फिल्मलाई बदलाको कथा भनिएको छ । फिल्मलाई हरि हुमागाई‌ंले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ५ : २१ बजे

दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा

झुटो समाचारमा नाम जोडिएकोमा आश्चर्यचकित र स्तब्ध छु : न्यायाधीश भट्टराई

काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईले विभिन्न सञ्चार माध्यमबाट आफ्नो

आगलागी प्रभावितको राहत तथा उद्धारमा जुट्न देउवाको निर्देशन

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका

महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध सामूहिक अभियान

महोत्तरी । महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध १० दिने सामूहिक अभियान गर्न

बुलबुले तालमा चल्यो मोटरबोट

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु