नेपाल क्रिकेट संघको निलम्बन फुकुबारे आईसीसी मौन | Khabarhub Khabarhub

नेपाल क्रिकेट संघको निलम्बन फुकुबारे आईसीसी मौन


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथि ३ वर्षदेखिको निलम्बन फुकुवा गर्ने सम्बन्धमा छलफल नै प्रारम्भ गरेको छैन ।  बिहीबार लण्डनमा बसेको आईसीसीको बोर्ड बैठकले अन्य विषयमा निर्णय गरे पनि क्यान निलम्बनबारे कुनै छलफल गरेन ।

आईसीसीले जिम्बाबे क्रिकेट संघलाई निलम्बन गर्ने निर्णय बिहीबारको बोर्ड बैठकले गरेको छ । जिमब्बाबे सरकारको हस्तक्षेप बताउँदै आईसीसीले तत्काल कार्यन्वयन हुने गरि त्यहाँको क्रिकेट संघलाई निलम्बन गरेको हो ।

यसअघि नेपाल क्रिकेट संघको निलम्बन फुकुवार जुलाइमा हुन सक्ने अनुमान लगाइएको थियो । जुलाइ बैठकबाट निलम्बन फुकुवा वा कुनै नयाँ प्रक्रियाबाट अगाडि बढ्ने गरी आईसीसीले नयाँ विकल्प दिन सक्ने आकलन क्रिकेट विश्लेषकले गरेका थिए । तर, त्यसो हुन सकेन । आईसीसीले अन्य धेरै विषयमा निर्णय गरे पनि नेपालबारे भने छलफल नै प्रारम्भ गरेको छैन ।

क्यानमा सरकारी हस्तक्षेप भएको भन्दै आईसीसीले नेपाललाई २०७३ सालको वैशाखमा निलम्बन गरेको थियो । त्यसयता नेपाली टोलीले अन्तर्राष्ट्रिय स्तरमा राम्रो सफलता हात पारिरहँदा क्यानमाथिको निलम्बन भने हटेको छैन । अहिले आईसीसीले ५ सदस्यीय स्वतन्त्र कमिटी बनाएको छ । उक्त कमिटीले अहिले क्यानको जिल्ला निर्वाचन लगायतको काम गरिरहेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ११ : ०६ बजे

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

आज २०८१ साल वैशाख १७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १७ गते सोमबार तदनुसार

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र