ताजा हावा खान भन्दै यात्रुले उडिरहेको विमानको ढोका खोलेपछि... | Khabarhub Khabarhub

ताजा हावा खान भन्दै यात्रुले उडिरहेको विमानको ढोका खोलेपछि…


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चिनियाँ एक यात्रुले विमान अवतरण गर्नुपूर्व नै विमानको आकस्मिक ढोका खोलेको समाचार सार्वजनिक भएको छ । उनले विमानभित्र गर्मी भएका कारण ताजा हावा खान विमानको ढोका खोलेको बताएका छन् ।

केही दिन अघि चीनको सिचुआन प्रान्तको मियानयाङ एअरपोर्टमा घेटेको यो अनौठो घटना हो । ‘सरनेम’ चेन भएका ती व्यक्तिले विमानभित्र निकै गर्मी लागेपछि झ्याल खुलै रहेको ठानेर आकस्मिक द्वार खोलेको बताएका छन् ।

यसबारे अनुसन्धानका गर्न चेनलाई १५ दिनका लागि हिरासतमा लिइएको थियो । चीनमा सस्तो हवाइ सेवा दिने ‘लकी एअर’ले आफ्नो एक बयानमा भनेको छ– यो जुन घटना भयो, त्यसका लागि यात्रु स्वयं जिम्मेबार छन्।

लकी एअरको विमान संख्या ८ एल ९७२० ले हनिया प्रान्तको सान्यादेखि उडान भरेको थियो भने २ घण्टा ४० मिनेटपछि मियांमा विमान अवतरण भएको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ७ : ३० बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ ।

साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै

काठमाडौं– साउदी प्रो लिगमा अल-हिलालको अपराजित यात्रा कायम रहेको छ

सन्धिखर्कका किसानलाई कफीखेती तालिम

अर्घाखाँची– सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा व्यावसायिक कफीखेती गर्ने किसानलाई एकदिने कफीखेतीसम्बन्धी

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष