छवीले भने– आउनुस् मिलेर बसौँ, शतप्रतिशत ‘कम्प्रमाइज’ गर्न तयार छु | Khabarhub Khabarhub

छवीले भने– आउनुस् मिलेर बसौँ, शतप्रतिशत ‘कम्प्रमाइज’ गर्न तयार छु


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्माता छविराज ओझाले श्रीमती एवं नायिका शिल्पा पोखरेललाई सहमतिमा आउन आग्रह गरेका छन् ।

केहीदिन यता एकअर्काबीच आरोप–प्रत्यारोपमाको अवस्था रहेकै बेला छविले शिल्पासँगको सम्बन्ध टुटाउन नचाहेको भन्दै शत प्रतिशत ‘कम्प्रमाइज’ गर्न तयार रहेको बताए हुन् ।

उनले आगामी दिनमा आफूले कुनै गल्ती नगर्ने भन्दै शिल्पालाई सहमतिमा आउन आग्रह गरेका हुन् । वार्ताद्वारा देशका ठूला समस्यासमेत समाधान भएको उदाहरण दिँदै आफूहरुको जीवनमा आएको समस्या पनि हल हुने विश्वास व्यक्त गरे ।

उनले भने, ‘तपाईंले मलाई हेर्नुभयो, मैले तपाईंलाई हेरेँ। हामीलाई कसैले भिडाएको पनि होइन । आउनुस्, फेरि मिलेर बसौँ।’

छवि ओझाले दुर्व्यवहार गरेको भन्दै केही दिन पहिले नायिका शिल्पा पोखरेलले प्रहरीसमक्ष पुगेकी थिइन ।  त्यसको भोलिपल्ट उनीहरु प्रहरी कार्यालयबाट सहमति गरेर फर्किए पनि उनीहरुबीचको सम्बन्ध भने सुध्रिएको छैन ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ७ : १७ बजे

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको