मलाइका भन्छिन् ४० कटेपछि बल्ल महिलाको जीन्दगी शुरु हुन्छ | Khabarhub Khabarhub

मलाइका भन्छिन् ४० कटेपछि बल्ल महिलाको जीन्दगी शुरु हुन्छ


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पति अरबाज खानसँगको सम्वन्धबिच्छेद पछि मलाईका अरोरा नायक अर्जुन कपूरसँग डेटमा रहेकी छिन् । दबंगको तेस्रो सिक्वेल ‘दबंग ३’को अहिले धमाधम छायांकन भइरहेको छ । यस फिल्मको डाइरेक्शन प्रभु देवाले गरिरहेका छन् ।

हालै मलाईकासँग गरिएको एक अन्तर्वार्तामा ‘दबंग ३’मा उनको सहभागिताबारे सोधिएको थियो । जसमा उनले अब यस फिल्ममा आफू नरहेको समेत जवाफ दिएकी छिन् । उनले भनिन् ‘यस फिल्मका कलाकारहरु धेरै अगाडि बढिसकेका छन् र म ति सबैलाई शुभकामना दिन चाहन्छु ।’

उनले अगाडि भनिन्– ‘ मसँग धेरै आइडियाहरु फुरेका छन् हुनसक्छ म छोटो फिल्म बनाउँछु या अरु त्यो बिस्तारै थाहा हुँदै जान्छ ,म सँग प्रशस्त समय छ । यो मेरो जिन्दगीको सबैभन्दा उत्तम समय हो, महिलाको ४० वर्षपछि बल्ल जिन्दगी शुरु हुन्छ । किनकि उनीहरु यतिबेला कामबाट सफलता पाउन सक्छन् ।’

यसैकारण पनि उनी सलमान तथा अरबाजको फिल्म ‘दबंग ३ बाट हटाईएको समाचार बाहिरिएको छ । सलमान खानको सुपरहिट सिरिज ‘दबंग’को पहिलो भागमा मलाइका अरोराले ‘मुन्नी बदनाम हुई’ भन्ने गीतमा कम्मर मर्काएको निकै रुचाइएको थियो ।

यसै फिल्मको दास्रो भागमा पनि उनी देखिएकी थिइन्, यी दुवै सिरिजका प्रोड्युसर मलाईकाको पूर्वपति अरबाज खान र मलाईका स्वयं रहेकी थिइन् ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ६ : ०८ बजे

आज विश्व रेडक्रस दिवस

काठमाडौं–  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस

वनमा आगो लगाएको अभियोगमा दुईजना  पक्राउ

ओखलढुङ्गा– वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको

आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौं– आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७