६ करोडभन्दा बढी ठगी गर्ने प्रविन पौडेल पक्राउ | Khabarhub Khabarhub

६ करोडभन्दा बढी ठगी गर्ने प्रविन पौडेल पक्राउ


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिंगापुर क्रुज (पानीजहाजमा) रोजगारीका लागि पठाइदिने भन्दै ३ सय जनासँग ६ करोडभन्दा बढी ठगी गर्ने एक ट्रेनिङ सेन्टर सञ्चालक पक्राउ परेका छन् । प्रहरी अपराध महाशाखा, टेकुले नुवाकोट घर भएका प्रविन पौडेललाई पक्राउ गरेको हो ।

काठमाडौं बिशालनगरस्थित दि एप्रिन्टट् फर्म प्रालि नामक ट्रेनिङ सेन्टर खोली क्रुज (पानीजहाज)मा काम गर्न सिंगापुर पठाई दिने भन्दै ठगी गरेको आरोपमा पौडेललाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । उनी तारकेश्वर नगरपालिका मनमैजु बस्दै आएका थिए ।

पौडेलले मासिक ६ सय ५० अमेरिकी डलर तलब हुने भन्दै भारतको दिल्ली तथा लखनउमा पठाई पानीजहाजमा काम गर्नेलाई दिईने तालिम लिन लगाउँदै प्रत्येक व्यक्तिबाट ५-५ लाख रुपैयाँ उठाएको आरोप छ । प्रहरीले उनलाई मकवानपुरबाट पक्राउ गरेको थियो ।

पीडितले दिएको उजुरी र गोप्य सूचनाको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानका क्रममा पौडलले ३ सय जनाभन्दा बढी व्यक्तिसँग ६ करोडभन्दा बढी रकम ठगी गरेको प्रहरीले जानकारी दिएको छ । उक्त ठगी कार्यमा अन्य व्यक्तिकोसमेत संलग्नता रहेको हुनसक्ने प्रहरीले शंका गरेको छ ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  २ : ०२ बजे

मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको

मधेशमा ९ महिनामै आगलागीका १२ सय घटना, ५६१ घर जले, २० जनाको मृत्यु

जनकपुरधाम- मधेश प्रदेशमा चालु आर्थिक वर्ष २०८०/८१ मा १२ सय

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं– नेपालले वेस्ट इन्डिज ए विरुद्धको टी-२० सिरिजको अन्तिम खेलमा

अपाङ्ग तथा ज्येष्ठ नागरिकका लागि घुम्ती शिविर

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले अपाङ्गता भएका र ज्येष्ठ नागरिकलाई

वेस्ट इन्डिज ‘ए’ विरुद्ध अनिल शाहको अर्धशतक

काठमाडौै- अनिल शाहले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका