छोरालाई डेब्यु गराउँदै अशोक शर्मा, ‘रातो टीका निधारमा’ को औपचारिक घोषणा | Khabarhub Khabarhub

छोरालाई डेब्यु गराउँदै अशोक शर्मा, ‘रातो टीका निधारमा’ को औपचारिक घोषणा


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस वर्षको दशैँमा रिलिज गर्ने गरी चलचित्र ‘रातो टीका निधारमा’ को औपचारिक घोषणा गरिएको छ । आइतवार राजधानीको कमलपोखरीस्थित कुमारी हलमा आयोजित एक विशेष कार्यक्रममा चलचित्रको औपचारिक घोषणा गरियो । यो फिल्मसँगै निर्देशक अशोक शर्माले आफ्ना छोरा अंकित शर्मालाई फिल्ममा डेब्यु गराएका छन् ।

चलचित्रमा अकिंत खड्का मुख्य भूमिकामा हुनेछन् । यस्तै चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, नीता ढुङ्गाना, खुश्बु खड्का, राजाराम पौडेल, बुद्धि तामाङ, शिवहरि पौडेल, लक्ष्मी गिरी, बसुन्धरा भुसाल लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

लेखक तथा निर्देशक अशोक शर्माले चलचित्रलाई स्तरीय बनाउन कुनै कसर बाँकी नराख्ने बताए । यो फिल्मको कथा अर्को एक फिल्मसँग मिल्ने देखिएपछि पुनः स्किृप्ट परिमार्जन गर्दा फिल्मको छायांकन मितिमा केही ढिलो भएको उनले बताए ।

कार्यक्रममा कलाकारले दशैँमा जस्तै टीका लगाएर शुभकामना साटासाट गरेका थिए । कार्यक्रममा चलचित्रका कलाकारको परिचय र अकिंत शर्माको परिचय भिडियोमार्फत गराइएको थियो । फिल्म फ्लोरमा जाने तयारीमा छ ।

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  ७ : २२ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र