चन्द्रागिरी उपमेयर कप अन्तरविद्यालय भलिबल बुधबारबाट | Khabarhub Khabarhub

चन्द्रागिरी उपमेयर कप अन्तरविद्यालय भलिबल बुधबारबाट


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चन्द्रागिरी उपमेयर कप अन्तरविद्यालय स्तरीय खुल्ला छात्रा भलिबल प्रतियोगिता आउँदो बुधबारबाट शुरु हुने भएको छ ।

भलिबल राष्ट्रिय खेल घोषणा भएको दिनलाई भलिबल ‘डे’ मनाउने लक्ष्यसहित हुन लागेको प्रतियोगिता ११ गतेसम्म चल्नेछ । मदन भण्डारी स्पोर्टस् एकेडेमी चन्द्रागिरी नगर कमिटिले आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी गराएको हो ।

१० स्कुलको सहभागिता रहने प्रतियोगिता लिग कम नकआउटका आधारमा हुने अध्यक्ष अष्टकुमार महर्जनले जानकारी दिएका छन् । लिग र क्वार्टफाइनलका खेल बेस्ट अफ थ्री र सेमिफाइनल र फाइनल बेस्ट अफ फाइभको फर्म्याटमा हुने आयोजकले बताएको छ ।

विजेताले ६० हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । दोस्रो हुने टोलीले ३० हजार, तेस्रो हुने टोलीले १५ हजार तथा चौथो हुने टोलीले १० हजार प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले १ हजार पाँच सय, व्यक्तिगत ५ विधामा उत्कृष्ट हुनेलाई १ हजार पुरस्कार दिइने संयोजक राईले जानकारी दिए ।

यस्तै, प्रतियोगिताको अवसरमा नै भलिबल दिवस मनाउने क्रममा कुनै एक विभागीय टोली र न्यू डायमण्ड एकेडेमीबीच सेलिब्रेसन खेल हुनेछ ।

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  ५ : १९ बजे

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ

जसपा फुटको रहस्य : सरकार ढाल्न कि जोगाउन ?

काठमाडौं- प्रतिनिधिसभामा १२ सिट रहेको जनता समाजवादी पार्टी (जसपा) आइतबार

‘भाइरल गोर्खे’मा अभिनय गर्दै पत्रकार ऋषि धमला !

काठमाडौं– विभिन्न विषयले चर्चामा आइरहने पत्रकार ऋषि धमला फिल्म ‘भाइरल