स्मिथको ब्याटिङमा सचिन तेन्दुलकरको झल्को | Khabarhub Khabarhub

स्मिथको ब्याटिङमा सचिन तेन्दुलकरको झल्को


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अस्ट्रेलियाका मुख्य प्रशिक्षक जस्टिन लाङ्गरले क्रिकेटर स्टेभेन स्मिथको व्याटिङ शैलीलाई भारतीय पूर्व क्रिकेटर सचिन तेन्दुकरसँग दाँजेका छन् । न्युजिल्यान्डविरुद्धको तीनको प्लेअफ खेलमा राम्रो प्रर्शन गरेसँगै उनको ब्याटिङ शैलि सचिनको जस्तै भएको बताए ।

अस्ट्रेलियाका लागि विश्वकप २०१९ मा स्मिथले राम्रो प्रदर्शन गर्ने मुख्य खेलाडी भएको मुख्य प्रशिक्षक लाङ्गरले बताएका हुन् ।

यस्तै, न्युजिल्यान्डविरुद्धको तीन प्लेअफ खेलमा स्मिथले २ खेलमा उत्कृष्ट प्रदर्शन गरे । उनले एक खेलमा ८९ र अर्को खेलमा ९१ रन बनाएसँगै लाङ्गरले उनले राम्रो कम व्यागक गरेको बताएका छन् ।

‘मैले न्युजिल्यान्डविरुद्ध स्मिथको ब्याटिङ हेरेको छु । उनले अभ्यासमा भएका तीन मध्ये २ खेलमा उनी खेलका मास्टर्स भए र उनको कमव्याकलाई देखेर खुसी लागेको छ,’ लाङ्गरले भने,‘उनी ब्याटिङ मन पराउँछन् । उनी विस्तारै ‘स्याडो’ गर्छन् । मैले मजाक गरेको होइन ।’

स्मिथले एउटा सर्ट प्रहार गरेका थिए जसलाई लिएर लाङ्गरले उनलाई पूर्व क्रिकेटर सचिन तेन्दुलकरसँग तुलना गरेका छन् । ‘ब्रिस्बानेमा अघिल्लो हप्ता स्मिथले सुन्दर ब्याटिङ गरे । उनले अविश्वसनिय सर्ट खेले । जुन सर्टहरु हेर्दा सचिनले ब्याटको झल्को आयो त्यो राम्रो सेपमा थियो ।’

त्यस्तै, प्रशिक्षक लाङ्गरले विश्वकप २०१९ मा उच्च रन बन्ने विश्वास व्यक्त गरेका छन् । उनले इङ्ग्ल्यान्डमा अस्ट्रेलियाका बलरले टिमको सफलतामा राम्रो योगदान गर्ने बताएका छन् ।

पछिल्लो एक वर्षको अन्तराष्ट्रिय क्रिकेटको प्रतिबन्धबाट फर्किएका स्मिथ विश्वकपमा टिमका लागि राम्रो प्रदर्शन गर्दै टोलीलाई जित दिलाउने खेलाडीका रुपमा पनि हेरिएका छन् ।

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  १ : ५५ बजे

अनमोलले कटाक्ष गरेपछि प्रदीपको जवाफ : ए हो र ?

काठमाडौं – ‘अहिले मेरा कुनै योजना छैनन् । अरु कलारकारको

मनै लोभ्याउने जाकाराण्डा फूल

ललितपुर– ललितपुर महानगरपालिका–१४ महालक्ष्मीस्थानस्थित चक्रपथ छेउमा फुलेको बैजनी रङ्गको जाकाराण्डा

गम्भीर रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता 

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर तथा घातक रोग

६ सांसदसहित पार्टी फुटाउन खोजिएकोबारे झलनाथको जवाफ : अहिले दायाँबायाँ गर्ने सम्भावना छैन

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफू

बुबाको मार्गनिर्देश अनुसार अघि बढ्छु : सांसद नेम्वाङ

काठमाडौं– प्रतिनिधिसभाका नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले इलामेली जनताको माया, विश्वास