प्रचण्डले हेरे जनयुद्धको कथामा बनेको वृत्तचित्र ‘भैरवनाथ’ | Khabarhub Khabarhub

प्रचण्डले हेरे जनयुद्धको कथामा बनेको वृत्तचित्र ‘भैरवनाथ’


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले जनयुद्धको समयमा आधारित वृत्तचित्र ‘भैरवनाथ’ हेरेका छन् । आइतवार राजधानीको कमलपोखरीस्थित कुमारी हलमा उनले उक्त वृत्तचित्र हेरेका हुन् ।

कालीकादेस्कोप प्रोडक्सन प्रालिको प्रस्तुति रहेको यो वृत्तचित्रमा तत्कालीन भैरवनाथ गणबाट बेपत्ता भएका ४७ जना नेपालीको कथामा आधारित भएर तयार पारिएको हो ।

नेकपा निकटको विद्यार्थी संगठनले आयोजना गरेको शो मा ‘भैरवनाथ’ हेरिसकेपछि अध्यक्ष प्रचण्डले सत्य घटनामा आधारित वृत्तचित्र भएकाले विषयवस्तुका बारेमा केही भन्नु नपर्ने बताए ।

उनले यो वृत्तचित्रले राजनीतिक परिवर्तनमा हजारौं, लाखौंले कसरी परिवर्तनका लागि त्याग गरे भन्ने देखाउन खोजेको बताए ।

‘यो वृत्तचित्र बनाउने दुर्गा केसी र सिङ्गो टिमलाई धन्यवाद दिन चाहन्छु, छोरोले खेलेको भूमिका मार्मिक छ,’ प्रचण्डले भने, ‘हामी अहिले जसरी अगाडि बढ्दैछौँ, त्यसको पृष्ठभूमि कस्तो थियो भन्ने बुझ्न यो वृत्तचित्रले भूमिका खेल्छ ।’

यो वृत्तचित्र नेकपाका नेता कृष्ण केसी, हिमाल शर्मा र खानेपानी मन्त्री वीना मगर लगायत को जीवनीमा आधारित छ ।

२०६० सालमा राजधानीको महारगञ्जमा रहेको भैरवनाथ गणले १ सय ३७ जनालाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिइएका मध्ये ४९ जना अझै बेपत्ता छन्।

राष्ट्रसंघीय निकाय युएनओएचसिआरको रिपोर्टअनुसार भैरवनाथ गणमा बन्दी बनाइएका केहीको सेनाको यातानाकै कारण मृत्यु भएको थियो। माओवादी युद्धका बन्दीहरुलाई गणमा चरम यातना दिइएको थियो। हातको नङमा पिन ठोकिएको थियो र उनीहरुलाई आँखामा पट्टी बाँधेर यातना दिइएको थियो।

२०६० सालमा बिना मगर पक्राउ परेकी थिइन् । नेपाली सेनाले उनलाई भैरवनाथ गणमा राखेको थियो । भैरवनाथ गणमा २०६० सालबाट २७ महिना बिनाले बेपत्ताको रूपमा जीवन व्यतित गरेकी थिइन्।

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  १ : ५२ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र