बजेटअघि नै मूल्यवृद्धि : गोलभेडाको भाउ दोब्बर, खसीको मासुमा २०० बढ्यो | Khabarhub Khabarhub

बजेटअघि नै मूल्यवृद्धि : गोलभेडाको भाउ दोब्बर, खसीको मासुमा २०० बढ्यो


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यस वर्ष महँगीले नयाँ रेकर्ड कायम गर्ने संकेत देखिएको छ। सामान्यतया बजेट भाषणपछि महँगी बढ्ने गर्थ्यो। तर, यसपटक बजेटअघि नै बजार भाउ अकासिन थालेको छ। आगामी आर्थिक वर्ष ०७६/७७ बाट कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने घोषणा सरकारले गरिसकेको छ। यसकारण बजेटपछि मूल्यवृद्धि हुने निश्चित छ। तर, त्यसअघि नै महँगी बढ्दा उपभोक्ता आक्रान्त बनेको नयाँ पत्रिकामा खबर छ ।

महँगीको सबैभन्दा धेरै असर हरियो तरकारीमा परेको छ। तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेका अनुसार यस वर्ष निरन्तर पानी परेका कारण तरकारी उब्जनी घटेका छ। ‘यसपटक असिना पानी परिरहँदा किसानले बर्से तरकारी राम्ररी लाउन पाएनन्। त्यसकारण अहिले उपत्यकामा आपूर्ति घटेको छ,’ उनले भने, ‘भारतबाट आयात हुने तरकारी पनि मूल्य बढेर आएको छ।’

काठमाडौं उपत्यकाका लागि कालिमाटी बजारमा दैनिक सात सय ५० टनसम्म तरकारी भित्रिने गर्छ। तर, पछिल्लो १० दिनयता दैनिक छ सय टनसम्म मात्र आयात भइरहेको घिमिरेले जानकारी दिए। ‘एकातिर उत्पादन घट्यो, अर्कोतिर आयात हुने तरकारीको भाउ नै बढेर आएको छ,’ उनले भने, ‘त्यसैले भाउ बढेको हो।’

समयमा काम नगर्ने दुई चिनियाँसहित आठ ठेकेदार कालोसूचीमा शीर्षकमा पत्रिकाले अर्को समाचार छापेको छ । सम्झौताबमोजिमको काम नगर्ने आठ ठेकेदार कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ। कालोसूचीमा पर्नेमा दुई चिनियाँ कम्पनीसमेत छन्। कार्यालयले ६ वटा निर्माण र दुईवटा आपूर्तिकर्ता कम्पनीलाई शुक्रबार कालोसूचीमा राखेको हो।

कालोसूचीमा पर्नेमा पिआर निर्माण सेवा, सीता निर्माण सेवा, एमके थ्रिस्टी जेभी, नेपाल स्वाभिमान प्रालि, नेसनल बायोमेडिकल प्रालि, सेन्ट्रल चाइना पावर ग्रिड इन्टरनेसनल इकोनोमिक एन्ड ट्रेड कम्पनी लिमिटेड, चाइना साङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ (ग्रुप) कर्पोरेसन र दिनेश कन्स्ट्रक्सन छन्।

ती कम्पनीलाई एकदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ। त्यो अवधिभर ती कम्पनीले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।

यही गतिमा काम भए महाकाली सिँचाइ आयोजना सक्न १२० वर्ष शीर्षकमा अर्को समाचार छापिएको छ । महाकाली सिँचाइ आयोजना निर्माणमा चरम ढिलासुस्ती भएको छ। दुई दशकअघि भारतसँग गरिएको महाकाली नदीको एकीकृत विकास सन्धिमा यो नहर बनाइने सहमति भएको थियो। कञ्चनपुर भीमदत्त नगरपालिका–९ ब्रह्मदेवदेखि कैलालीको मालाखेतीसम्मको यो नहर एक सय ५२ किलोमिटर लामो हुनेछ।

१६ वर्षमा निर्माण सम्पन्न गर्ने गरी आर्थिक वर्ष ०६३/६४ बाट नहर खन्न सुरु गरिएको थियो। तर, चैत ०७३/७४ सम्ममा १२.७० किमि मात्र नहर तयार भएको छ। गत वर्ष थप १६ किमि नहर निर्माणका लागि सम्झौता गरिए पनि बजेट अभावमा काम अघि बढेको छैन। यही गतिमा काम भइरहने हो भने एक सय ५२ किलोमिटर नहर बनाउन एक सय २० वर्ष लाग्ने देखिन्छ।

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  ७ : ०६ बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको